तेहरान । इरानका राष्ट्रपति हसन रौहानीले अमेरिकी आक्रमणको जवाफ बुधबार दिएको दावी गर्दै इरान अमेरिकासँग पछि नहट्ने बताउनुभएको छ । राष्ट्रपति रौहानीले बुधबार टेलिभिजनमार्फत गरेको एक सम्बोधनमा भन्नुभयो, ‘यदि अमेरिकाले कुनै अपराध गर्छ भने यसको निर्णायक जवाफ प्राप्त गर्नेछ ।’
‘उनीहरूले बुद्धि पु¥्याउँछन् भने अब यस बिषय (कारबाही) लाई थप अघि बढाउने छैनन्,’ उहाँले थप्नुभयो । आफ्ना कमाण्डर कासिम सुलेमानीको हत्याको बदला लिन अमेरिकी सेना तैनाद इराकी सैनिक शिविरमा क्षेप्यास्त्र आक्रमण गरेको केही घण्टापछि इरानी राष्ट्रपतिको उक्त भनाइ आएको हो ।
रूहानीले भन्नुभयो, ‘यदि इरानको सेनाले अमेरिकाले गरेको कारबाहीको कुनै रूपमा प्रतिरोध गर्दा पनि पुग्दैन । मेरो विचारमा अमेरिकाले मध्यपूर्वका मुलुकहरूबाट खास प्रतिवादको सामना गर्नुपर्छ ।’
अमेरिकी आक्रमणमा इरानी विशेष बलका प्रमुख कमाण्डर कासिम सुलेमानी मृत्युपछि इरानी राष्ट्रपतिद्वारा पटक पटक मध्यपूर्वबाट अमेरिकाले फर्किनुपर्ने धारणा राख्दै आउनुभएको छ । रौहानीले भन्नुभयो, ‘अमेरिकीले हाम्रा प्रिय जनरल सुलेमानीको हात काटिदिए । यसको बदलामा अमेरिकाले यस क्षेत्र छोड्नु पर्नेछ । अमेरिका मध्यपूर्वबाट फर्किनु भनेको उसको हितका लागि उसको आक्रोसको अन्त्य हो ।’ (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
इजरायलसँगको युद्धपछि पहिलोपटक सार्वजनिक रूपमा देखिए इरानका सर्वोच्च नेता
इरानद्वारा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँगको सहकार्य निलम्वन
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
इरानका सर्वोच्च नेताले भने- अमेरिकी आक्रमणले आणविक केन्द्र बिग्रिएको छैन
इरानबाट ६ नेपाली दिल्ली हुँदै नेपाल फर्किए
इजरायली आक्रमणमा परि इरानमा हालसम्म ६०६ जनाको मृत्यु