तेहरान । इरानका राष्ट्रपति हसन रौहानीले अमेरिकी आक्रमणको जवाफ बुधबार दिएको दावी गर्दै इरान अमेरिकासँग पछि नहट्ने बताउनुभएको छ । राष्ट्रपति रौहानीले बुधबार टेलिभिजनमार्फत गरेको एक सम्बोधनमा भन्नुभयो, ‘यदि अमेरिकाले कुनै अपराध गर्छ भने यसको निर्णायक जवाफ प्राप्त गर्नेछ ।’
‘उनीहरूले बुद्धि पु¥्याउँछन् भने अब यस बिषय (कारबाही) लाई थप अघि बढाउने छैनन्,’ उहाँले थप्नुभयो । आफ्ना कमाण्डर कासिम सुलेमानीको हत्याको बदला लिन अमेरिकी सेना तैनाद इराकी सैनिक शिविरमा क्षेप्यास्त्र आक्रमण गरेको केही घण्टापछि इरानी राष्ट्रपतिको उक्त भनाइ आएको हो ।
रूहानीले भन्नुभयो, ‘यदि इरानको सेनाले अमेरिकाले गरेको कारबाहीको कुनै रूपमा प्रतिरोध गर्दा पनि पुग्दैन । मेरो विचारमा अमेरिकाले मध्यपूर्वका मुलुकहरूबाट खास प्रतिवादको सामना गर्नुपर्छ ।’
अमेरिकी आक्रमणमा इरानी विशेष बलका प्रमुख कमाण्डर कासिम सुलेमानी मृत्युपछि इरानी राष्ट्रपतिद्वारा पटक पटक मध्यपूर्वबाट अमेरिकाले फर्किनुपर्ने धारणा राख्दै आउनुभएको छ । रौहानीले भन्नुभयो, ‘अमेरिकीले हाम्रा प्रिय जनरल सुलेमानीको हात काटिदिए । यसको बदलामा अमेरिकाले यस क्षेत्र छोड्नु पर्नेछ । अमेरिका मध्यपूर्वबाट फर्किनु भनेको उसको हितका लागि उसको आक्रोसको अन्त्य हो ।’ (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
इरान र अमेरिकाबीच आणविक वार्ता पुन: सुरु हुने
इरानले भन्यो– युरेनियम सम्वर्द्धन रोक्दैनौं, अमेरिकाको डरले झुक्दैनौँ
अमेरिका र इरान वार्ता गर्न सहमत
इरानले अरब सागरतर्फ पठाएको ड्रोन अमेरिकी सेनाद्वारा खसालिएको पुष्टि
इरानमाथि आक्रमण भए क्षेत्रीय युद्ध हुने खामेनेईको चेतावनी
इरानका सर्वोच्च नेताका छोराको अर्बौँ डलरको शंकास्पद सम्पत्तिबारे खुलासा: लण्डनदेखि दुबईसम्म आलिसान महल