सिएमसीमा विद्यार्थीले लगाएको ताला खुल्यो, आन्दोलन जारी

सफल खबर संवाददाता

मंगलबार, २२ पुस २०७६, १८ : ०१
सिएमसीमा विद्यार्थीले लगाएको ताला खुल्यो, आन्दोलन जारी

चितवन । चितवन मेडिकल कलेज (सिएमसी) मा विद्यार्थीहरुले लगाएको ताला आज खुलेको छ । विद्यार्थीहरुबाट लिएको अवैध अतिरिक्त शुल्क फिर्ता वा समायोजनको माग गर्दै कैलासनगरमा रहेको कलेजमा लगाएको अनिश्चितकालीन ताला अभिभावकको उपस्थितिमा विद्यार्थीहरुले खोलेका हुन ।

ताला खोलीए पनि आन्दोलन भने जारी रहेको आन्दोलनरत विद्यार्थीहरुले बताएका छन । माग पुरा गराउन आन्दोलनको स्वरुप मात्रै परिवर्तन गरीएको उनिहरुको भनाई छ । 

विगत लामो समयदेखि जारी आन्दोलनले ठप्प भएको पठनपाठन पुन सुचारु गराउन र माग पुरा गराउन केहि सहज रुपमा प्रस्तुत हुँदै ताला खोलीएको चिकित्सा शिक्षा संघर्ष समितिले जनाएको छ । एमविविस, विडिएस, विएससी नर्सिङ, विएनएस, विपिएच, विएमएलटि, विएमआइटि र वि फार्मेसीका सवै विद्यार्थीहरुका सवै कक्षाहरु र प्रयोगात्मक अभ्यासहरु पाठ्यक्रम अनुसार पुर्णरुपमा सकाउन पठनपाठन सुचारु गर्नुपर्ने समितिले निकालेको विज्ञप्तीमा जनाईएको छ । 

यस्तै विद्यार्थीहरुको यसअघि छुटेको वार्षिक परिक्षा पुन दिने वातावरण बनाउन विश्वविद्यालयले परीक्षाको तालिका पुन प्रकाशित गर्नुपर्ने छ । यस्तै पुरक परिक्षाका लागी त्रिविले २५ सय परीक्षा शुल्क तोके पनि कलेजले ५ हजार लिदै आएकाले त्रिविले कायम गरेकै शुल्क मात्रै तिर्ने विज्ञप्तीमा उल्लेख गरीएको छ । विद्यार्थीहरुको सुरक्षाको पुर्ण ज्ञारेण्टी गर्न पनि माग गरीएको छ । 

यसअघिको सहमतिबाट पछि नहट्ने अडान
२०७२ साल यता ८ वटै संकायका चारै व्याचक विद्यार्थीहरुबाट सिएमसीले ५६ करोड रुपैँया अतिरीक्त शुल्क अवैध रुपमा उठाएको विद्यार्थी प्रविन तामाङले बताए । उनका अनुसार २२ करोड समायोजन गर्नुपर्ने र बाँकी रकम फिर्ता गर्नुपर्नेछ । यसअघि प्रमुख जिल्ला अधिकारीको रोहवरमा भएको विद्यार्थी, अभिभावक र कलेज प्रसासनविचको वार्तामा सवै अतिरिक्त शुल्क समायोजन तथा फिर्ता गर्ने सहमति भएकाले यो सहमतिबाट पछि नहट्ने विद्यार्थीहरुको अडान छ । 

माग पुरा नभएसम्म विद्यार्थीहरुले कलेजलाई कुनै पनि रकम नतिर्ने जनाएका छन । त्रिविले तोकेको शुल्क कट्टा गरी बाँकी अतिरिक्त शुल्क समायोजन अथवा फिर्ता गर्नुपर्ने उनिहरुको अडान रहेको छ ।

आफुहरुको आन्दोलन नरोकिएको अर्का विद्यार्थी नसिम अख्तरले बताए । ‘अहिलेसम्मको आन्दोलन यहि सकिएको भन्ने होईन स्वरुप मात्रै परिवर्तन गरेका हौँ जुनसुकै वेला संघर्ष चर्किन सक्छ ।’

अभिभावक तथा नागरीक समाजका अगुवा विपी ओलीले ताला खेलेर विद्यार्थीहरुले कलेज प्रशासनलाई सच्चीने मौका दिएको बताएका छन । आफुहरु नैतिक कार्वाहिका लागी जुनसुकै वेला तयार रहेको उनले चेतावनी दिए । अभिभावक टेक प्रसाद चापागाइले विद्यार्थी र अभिभावकलाई दिन दुख दिएको भन्दै यसको परिणाम राम्रो नहुँने बताए । 

कलेजमा विद्यार्थीहरुले पहिलो पटक भदौ १८ गत्ते ताला लगाएका थिए । त्यसपछि असोज ४ गत्ते जिल्ला प्रसासन कार्यालयमा विद्यार्थी, अभिभावक र कलेजविच सिडिओको रोहवरमा सहमति भएको थियो । भोलीपल्ट असोज ५ गत्ते विद्यार्थीहरुल्े ताला खोले । निर्धारीत समय कार्तिक १८ गत्तेभित्र सहमति कार्यान्वयन नभएको भन्दै विद्यार्थीहरुले पनः कार्तिक २४ गत्ते ताला लगाएर आन्दोलन सुरु गरेका थिए । 
 

प्रतिक्रिया दिनुहोस