रसियाली विमान दुर्घटना, सबै ७१ यात्रुको ज्यान गएको आशंका

एजेन्सी

आइतबार, २८ माघ २०७४, २० : ५१
रसियाली विमान दुर्घटना, सबै ७१ यात्रुको ज्यान गएको आशंका

काठमाडौं– रसियाको मस्को विमानस्थलबाट युरल्सका लागि उडेको साराटोभ एयरलाइन्सको विमान मस्कोको दक्षिणपूर्वी भेगमा दुर्घटनाग्रस्त भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । विमानमा चालक दलका सदस्यसहित ७१ जना सवार रहेको र उनीहरु जिवितै रहने सम्भावना कम रहेको बीबीसीले उल्लेख गरेको छ ।
एन्टोनोभो–१४८ कल साइनको उक्त विमान मस्कोस्थित विमानस्थलबाट उडेको केहि मिनेटमै सम्पर्क विहिन भएको थियो ।
 विमानमा ६ चालक दलका सदस्य र ६५ यात्रु सवार थिए । 

प्रतिक्रिया दिनुहोस