वन मौरीले टोक्दा चितवनमा एक जनाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, २१ पुस २०७६, ११ : ४०
वन मौरीले टोक्दा चितवनमा एक जनाको मृत्यु

सांकेतिक तस्विर

चितवन । चितवनमा वन मौरीको टोकाईबाट एक जनाको मृत्यु भएको छ । रत्ननगर नगरपालिका ९ बेलटाडीकी ७६ वर्षीय वृद्धा ठगिया थरुनीलाई वन मौरीले टोक्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

घरमा बसीरहेकी ठगियालाई आइतबार २ बजे वन मौरीले टोकेको थियो । मौरीको टोकाईबाट उनि गम्भिर घाईते भएकी थिइन् । 

गम्भिर घाईते उनको उपचारका क्रममा नयाँ मेडिकल कलेजमा २ः४० बजे मृत्यु भएको प्रहरी प्रवक्ता एक नारायण कोईरालाले बताए । 

प्रतिक्रिया दिनुहोस