काठमाडौं । सत्तारुढ दल नेकपाले जिल्ला तहको एकता टुंगो लगाएपनि कतिपय जिल्लाको सपथग्रहण कार्यक्रम नै हुन सकेको थिएन् । अझ प्रदेश २ को जिल्लाका सपथ ग्रहणमा केही समय अगाडी कुर्सी नै हानाहान भएपछि केही जिल्लाको सपथ ग्रहण रोकिएको थियो । त्यसमध्येको एउटा जिल्ला हो माधव नेपालको गृहजिल्ला रौतहट ।
त्यहाँको जिल्ला कमिटिको सपथ ग्रहण कार्यक्रम राखिएको छ, पुस २२ गतेका लागि । शुरुमा आफ्नै गृहजिल्लाको सपथ ग्रहण कार्यक्रममा नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव नेपाल आफै जान चाहेका थिए । तर उनको प्रमुख आतिथ्यमा कार्यक्रम गरिए कार्यक्रममै सहभागी नहुने अर्काे पक्षको चेतावनी पछि वरिष्ठ नेता नेपाल कार्यक्रममा नजाने भएका छन् । उनलाई आफ्नै गृहजिल्लाको पार्टी कार्यक्रममा बहिष्कार गरिन लागिएको सम्भवतः यो पहिलो पटक हो ।
प्रदेश २ मा नेकपाभित्र चरम विवाद छ । प्रदेश इन्चार्ज सत्यनारायण मण्डल, अध्यक्ष प्रभु साह एकातिर र वरिष्ठ नेता माधव नेपाल र मात्रिका यादवको अर्काे तिर रहेको गुट निर्माण भएको छ । यही गुटबन्दीका कारण त्यहाँको प्रदेश पदाधिकारीकै बीचमा फाटो छ । इन्चार्ज मण्डल, सहइन्चार्ज विश्वनाथ शाह, अध्यक्ष प्रभु शाह र सचिव सुमन प्याकुरेल एकातिर र सहइन्चार्जद्दय नागेन्द्र चौधरी र महेन्द्र पासवान अर्काेतिर छन् ।
एक पक्षले अर्काे पक्षलाई कारवाही गर्न केन्द्रीय कार्यालयमा उजुरी समेत दर्ता भएको थियो । अहिले उक्त विवाद नेकपाको केन्द्रीय संगठन विभागले हेरिरहेको छ । प्रदेश अन्र्तगतको जिल्ला कमिटि तयार भएको लामो समय भईसक्दा पनि कतिपय जिल्लामा नेकपाले पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण कार्यक्रम नै गर्न सकेको थिएन । रौतहटमा पनि उसले अहिलेसम्म जिल्ला कमिटिको सपथ ग्रहण कार्यक्रम नै राख्न सकेको थिएन ।
वरिष्ठ नेता नेपाल सपथ ग्रहणमा जाँदा एक पक्षले बहिष्कार गर्ने र विरोध हुने भएपछि मध्यमार्गी विकल्पका रुपमा नेपाललाई कार्यक्रममा नलगिने गरी कार्यक्रम तयार भएको छ । अब प्रदेश पदाधिकारीको उपस्थितीमा सपथ ग्रहण कार्यक्रम गर्ने तयारी त्यहाँ भएको छ । वरिष्ठ नेता नेपाल आफंैले रौतहटको जिल्ला पार्टीको सपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथि भएर जान चाहेका थिए ।
रौतहट जिल्ला इन्चार्ज युवराज भटट्राई र सहइन्चार्ज कल्याणी खड्काले पनि वरिष्ठ नेता नेपालको गृहजिल्ला भएकोले उनले आउन चाहे लैजाने योजना बनाएको स्रोत वताउँछ । तर अर्काे पक्षका नेताहरु प्रभु शाह लगायतले उनीलाई कार्यक्रममा प्रमुख अतिथि बनाएर ल्याए सपथ ग्रहण बहिष्कार गर्ने चेतावनी दिएपछि नेपाललाई कार्यक्रममा नबोलाउने योजना बनेको स्रोत बताउँछ ।
प्रदेश पदाधिकारीको उपस्थितीमा कार्यक्रम हुने नेकपा जिल्ला कमिटिका एक नेताले वताए । पार्टीका केन्द्रीय नेताहरुले पनि विवादरहित ढंगले सपथ ग्रहण गर्न निर्देशन गरेपछि नेपाल आफ्नै गृहजिल्लाको सपथ ग्रहण कार्यक्रममा रोकिने भएका हुन् ।
नेता नेपालले केही समय अगाडीको स्थायी समिति बैठकमा समेत जिल्ला जिल्लामा समानान्तर गतिविधि बढेको र त्यो पार्टीमा मात्र नभई पार्टी निकट सामाजिक संघ सस्थामा समेत देखिन थालेसँगै त्यसमार्फत आफुलाई बहिष्कार गर्ने नीति बनेको भन्दै नेतृत्वको गम्भिर ध्यानाकर्षण गराएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० पुस २०७६, ०९ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपालको लज्जास्पद हार
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश
माधव नेपाल अस्पताल भर्ना
माधव नेपालको पार्टी दर्ता खारेजीको माग सर्वोच्चद्वारा अस्वीकार
‘प्रतिनिधि सभा निर्वाचनका लागि प्रस्ताव आए मिलेर अगाडि बढ्न सकिन्छ’ : माधव नेपाल
देशभित्र एकताको लागि नेकपाको विकल्प छैन: माधव नेपाल