सम्धी र उद्योगीलाई सांसद बनाउन खोजिएपछि राजपामा बबाल

पत्रपत्रिकाबाट

शनिबार, १९ पुस २०७६, ०८ : २१
सम्धी र उद्योगीलाई सांसद बनाउन खोजिएपछि राजपामा बबाल

काठमाडौं । राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार छनोट गर्न राजपाभित्र विवाद सुरु भएको छ । सम्धी र उद्योगीलाई नै सांसद बनाउन खोजेपछि पार्टीभित्र विवाद सुरु भएको हो ।
 
राजपा नेपालका अध्यक्ष मण्डलले सञ्चालन गर्ने पार्टीको छलफल मण्डलभित्र नै विवाद सुरु भएको छ । 

हाल राजपाको तर्फबाट राष्ट्रिय सभा सदस्य रहेका रमेश यादव र बृखेषचन्द्रलालको पदावधि सकिँदैछ । रमेश नेता महन्थ ठाकुर र लाल महेन्द्रराय यादव निकट मानिन्छन् । उनीहरुले यी दुईलाई नै निरन्तरता दिने बताएका छन् ।
 
तर राजेन्द्र महतोलगायत अरुले दोहोर्याउन नहुने अडान लिएका छन् । अहिले महतोलगायतले उद्योगी अनिल केडियाको नाम समेत प्रस्ताव गरेका छन् । ठाकुरले पुरानो नदोहोर्याउने हो भने सम्धी उमाकान्त झाको नामसमेत अघि सारेका छन् । राजधानीमा खबर छ ।

प्रतिक्रिया दिनुहोस