पाँचबुँदे सहमति गरेर सकियो सरकार र आन्दोलनरत उखु किसानबीचको वार्ता

सफल खबर संवाददाता

शुक्रबार, १८ पुस २०७६, १८ : २९
पाँचबुँदे सहमति गरेर सकियो सरकार र आन्दोलनरत उखु किसानबीचको वार्ता

काठमाडौं । सरकार र आन्दोलनरत उखु किसानबीच भएको वार्ता सकिएको छ । 
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको उपस्थितिमा आज भएको वार्तामा सरकारले तोकेको मूल्य दिनेसहित पाँचबुँदे सहमति भएको छ । सहमतिसँगै उखु किसानको आन्दोलन पनि स्थगित हुने भएको छ ।

सहमतिअनुसार चिनी मिल सञ्चालकहरुले किसानको बक्यौता माघ ७ गतेभित्र उपलब्ध गराउन मन्त्रालयले समन्वय गर्नेछ । साथै भुक्तानीको समस्या हल गर्न स्वचालित मूल्यबारे अध्ययन गर्ने, सरकारले दिने अनुदान समयमै उपलब्ध गराउन मन्त्रालयले अर्थ र कृषिलाई लेखेर पठाउने सहमति भएको छ ।