काठमाडौँ । राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि उम्मेदवार चयन गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।
बिहिवार राती प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कुनै निर्णय लिन नसकेपछि आज पुनः बैठक बसेको हो । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आजको बैठकले राष्ट्रियसभा सदस्यको उमेद्वार छनोटमा गर्ने सम्भावना छ । बैठकमा सभामुखको उमेद्वार छनोटका विषयमा समेत छलफल हुने जनाइएको छ । सभामुखको टुङगो नलगाउँदा संसद बैठक पनि पटकपटक स्थगित हुँदै आएको छ ।
राष्ट्रियसभाको १८ सिटमा यसपटक निर्वाचन हुने छ । यसअघि नेकपाले दुई सिट राष्ट्रिय जनता पार्टी (राजपा)लाई दिने सहमति गरिसकेको छ । त्यसैले नेकपाले १६ सिटका लागि उम्मेदवार चयन गर्ने छ ।यही पुस २० गतेभित्रमा उमवार छनोट भइसक्नुपर्ने छ ।
आगामी माग ९ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । यता सभामुखमा भने सुवास नेम्वाङ र अग्नी सापकोटाको चर्चा छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ पुस २०७६, १० : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँमा आज नेकपाको एकता सन्देश सभा
एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान
भोलि सुर्खेतमा नेकपाको एकता सभा: प्रचण्ड, माधव र भीम रावलले सम्बोधन गर्ने
जनार्दनलाई नेकपा कार्यकर्ताले गृह जिल्लामै देखाए कालो झन्डा
आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा
आजदेखि सातै प्रदेशमा नेकपाको सन्देश सभा, कहाँ–कहिले ?