काठमाडौँ । राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि उम्मेदवार चयन गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।
बिहिवार राती प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कुनै निर्णय लिन नसकेपछि आज पुनः बैठक बसेको हो । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आजको बैठकले राष्ट्रियसभा सदस्यको उमेद्वार छनोटमा गर्ने सम्भावना छ । बैठकमा सभामुखको उमेद्वार छनोटका विषयमा समेत छलफल हुने जनाइएको छ । सभामुखको टुङगो नलगाउँदा संसद बैठक पनि पटकपटक स्थगित हुँदै आएको छ ।
राष्ट्रियसभाको १८ सिटमा यसपटक निर्वाचन हुने छ । यसअघि नेकपाले दुई सिट राष्ट्रिय जनता पार्टी (राजपा)लाई दिने सहमति गरिसकेको छ । त्यसैले नेकपाले १६ सिटका लागि उम्मेदवार चयन गर्ने छ ।यही पुस २० गतेभित्रमा उमवार छनोट भइसक्नुपर्ने छ ।
आगामी माग ९ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । यता सभामुखमा भने सुवास नेम्वाङ र अग्नी सापकोटाको चर्चा छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ पुस २०७६, १० : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ
नेकपाले गठन गर्यो ५३३ सदस्यीय नेपाल दलित मोर्चा, संयोजक श्रीपाली र सहसंयोजक पासवान
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग