बझाङ । बझाङका उच्च लेकाली भेगमा हिमपात भएको छ । आज विहान देखि बर्षा भएपछि उच्च लेकाली भेगमा हिमपात भएको हो ।
हिमपात हुँदा अध्यधिक चिसोले उच्च लेकाली भेगमा बसोबास गर्ने बासिन्दाहरुको जनजीवन प्रभावित बनेको छ । जिल्लाको साइपाल, सुर्मा, तल्कोट, छविसपाथिभेरा, थलारा, मष्टा गाउँपालिकाका र बुंङगल नगरपालिकाका विभिन्न वडाहरुमा हिमपात भएको जनाएको छ ।
जिल्लाका उच्च भागमा हिमपात भएपछि मानिसहरु आगो बालेर बसेका र बस्तुभाउ पनि गोठ भित्र नै थुनिएका मष्टा गाउँपालिकाका कमल सिंहले बताए । उनका अनुसार अहिले पनि हिमपात जारी नै रहेको छ ।
गत बर्षको भन्दा हप्तापिच्छे नै हिमपात हुन थालेपछि चिसो बढेर जनजीवन निकै कष्टकर बनेको छ । हिमपात सँगै आज जिल्लाको विद्युत सेवा पनि अवरुद्घ भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ पुस २०७६, १४ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाथीभरा क्षेत्रमा यो वर्षको पहिलो हिमपात
मुस्ताङमा आज पनि भारी हिमपात
गोरखामा हिमपात, मनास्लु भ्रमणमा गएका पर्यटक प्रभावित
हिमपातले न्यालु सडक बन्द
हुम्लाको उच्च भेगमा हिमपात, वर्षाले उडान अवरुद्ध
उत्तरी गोरखाको साम्दो क्षेत्रमा भारी हिमपात