सडक दुर्घटनामा दुई जनाको मृत्यु, एक जना घाइते

सफल खबर संवाददाता

बुधबार, १६ पुस २०७६, १५ : ४०
सडक दुर्घटनामा दुई जनाको मृत्यु, एक जना घाइते

पोखरा । गएराती पोखराको पृथ्वीचोकबाट चाउथे तर्फ जाँदै गर्दा ठोक्किएका मोटरसाइकल र जीपलाई विपरित दिशाबाट आईरहेको बसले पुन: ठक्कर दिँदा मोटरसाइकल चालक र जीप चालकको मुत्यु भएको छ । 

दुर्घटनामा ग १३ प ९५३७ नम्बरको मोटरसाइकल चालक रोनस गुरुङ र ग २ च २७२६ नम्बरको जीप चालक सरोज लामाको ज्यान गएको कास्की प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परेका दुई सवारीसाधनलाई ठक्कर दिने ग १ ख ९४०५ नम्बरको बस काठमाण्डौंबाट बाग्लुङतर्फ जाँदै गरेको खुलेको छ । बसका चालक बाग्लुङका सन्दीप खड्कालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी राजकुमार केसीले जानकारी दिए ।  

मोटरसाइकल चालक तनहुँ थप्रेकका १९ बर्षीय गुरुङ पोखरा चाउथेमा बसोबास गर्ने गर्थे। जीप चालक ३६ बर्षीय लामा पोखरा–२९ भण्डारढिक सैनिक बस्तीमा बस्दै आएका थिए । दुर्घटनामा ज्यान गुमाएका दुवै जनाको शवलाई हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । 

मंगलबार राति पाैने तीन बजेतिर भएको दुर्घटनामा गम्भीर घाइते भएपछि गुरूङ र लामालाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याइएको थियो । लगत्तै अस्पतालले उनीहरुलाई मृत घोषणा गरेको हो । 

दुर्घटनामा जीपमा सवार पोखरा–२९ का ३४ बर्षीय प्रेम परियार गम्भीर घाइते भएका छन् । टाउको र छातीमा गहिरो चोट लागेका उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेका छ ।

प्रतिक्रिया दिनुहोस