काठमाडौँ । विप्लव नेतृत्वको नेकपाले सरकारमाथि हतियारधारी सुरक्षाकर्मीले संकटकाललाई बिर्साउने गरी आफ्ना कार्यकर्ता गिरफ्तार गरेको आरोप लगाएको छ ।
सो पार्टीका पूर्वी केन्द्रीय कमाण्डर विषमले विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीका केन्द्रीय सदस्य तथा मेची–कोशी व्युरो इन्चार्ज उमा भुजेलसहित मेची–कोशी व्युरो सचिव सुमन सिंह, मोरङ जिल्ला इन्चार्ज नरेश चौलागाई लगायत ९ जनालाई सुनसरी र मोरङबाट गिरफ्तार गरिएको उल्लेख गरेका छन् ।
पार्टी कामको सिलसिलामा रहेका बेला आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई हतियारधारी सुरक्षाकर्मीले गिरफ्तार गरेकोले उक्त रवैयाको घोर भत्र्सना र निन्दा गरेको विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा गिरफ्तार गरिएका कमरेडहरुलाई विना शर्त रिहाइको माग गर्दै रिहा नगरे त्यसबाट निस्कने परिणामको जिम्मेवार स्वयं सरकार हुने उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ पुस २०७६, १० : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चुनावलाई संघर्षको मोर्चाका प्रयोग गर्दा जनताले सकारात्मक सद्भाव राखेको पाइयो : विप्लव
रोल्पाबाट विप्लवले गरे मतदान
पूर्वराजा ज्ञानेन्द्रसँग सहकार्य गर्न विप्लव तयार
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
प्रचण्डलाई विप्लवको जवाफ–चुनावी सहकार्य गर्न तयार नहुने पार्टी एकताको चर्चा गर्ने ?
‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलाई एकता प्रक्रियामा आउन ‘प्रचण्ड’ आग्रह