काठमाडौँ । विप्लव नेतृत्वको नेकपाले सरकारमाथि हतियारधारी सुरक्षाकर्मीले संकटकाललाई बिर्साउने गरी आफ्ना कार्यकर्ता गिरफ्तार गरेको आरोप लगाएको छ ।
सो पार्टीका पूर्वी केन्द्रीय कमाण्डर विषमले विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीका केन्द्रीय सदस्य तथा मेची–कोशी व्युरो इन्चार्ज उमा भुजेलसहित मेची–कोशी व्युरो सचिव सुमन सिंह, मोरङ जिल्ला इन्चार्ज नरेश चौलागाई लगायत ९ जनालाई सुनसरी र मोरङबाट गिरफ्तार गरिएको उल्लेख गरेका छन् ।

पार्टी कामको सिलसिलामा रहेका बेला आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई हतियारधारी सुरक्षाकर्मीले गिरफ्तार गरेकोले उक्त रवैयाको घोर भत्र्सना र निन्दा गरेको विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा गिरफ्तार गरिएका कमरेडहरुलाई विना शर्त रिहाइको माग गर्दै रिहा नगरे त्यसबाट निस्कने परिणामको जिम्मेवार स्वयं सरकार हुने उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ पुस २०७६, १० : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१० दिनभित्र सर्वपक्षीय सरकार गठन नभए सडक संघर्षमा जाने ‘विप्लव’को चेतावनी
विप्लव नेतृत्वको दलले पायो प्रमाणपत्र, चुनाव चिह्न गुलाब
विप्लवको पार्टीलाई आज निर्वाचन आयोगले दल दर्ता प्रमाणपत्र दिने
विप्लव नेतृत्वको नेकपाले छाड्यो समाजवादी मोर्चा
विप्लव, जनार्दन र घनश्याम बीच भेटवार्ता
जनयुद्धजस्तै जेनजी विद्रोहपनि तुहिने खतरा छ : विप्लव