नेपाल भ्रमण वर्ष २०२० शुभारम्भ

राष्ट्रपतिले शुभारम्भ गर्ने कार्यक्रममा प्रधानमन्त्रीको विशेष सम्बोधन, कार्यक्रम ५ घंटा

बुधबार, १६ पुस २०७६, ०८ : ४५
राष्ट्रपतिले शुभारम्भ गर्ने कार्यक्रममा प्रधानमन्त्रीको विशेष सम्बोधन, कार्यक्रम ५ घंटा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमण वर्ष २०२० को आज एक भब्य समारोहका बीच शुभारम्भ गर्ने भएकी छिन्  । सरकारले आजबाट भ्रमण वर्ष शुरु गर्दै २० लाख विदेशी पर्यटक भित्रयाउने योजना बनाएको छ । आज दशरथ रंगशालामा यसको औपचारिक कार्यक्रम गरी शुभारम्भ हुदैछ ।

राष्ट्रपतिले शुभारम्भ गर्ने कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने गरी कार्यक्रम बनाइएको आयोजकले जनाएको छ । शुभारम्भ कार्यक्रम अपरान्ह ४ बजे देखि शुरु भई ५ घण्टा सम्म चल्ने संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयले जनाएको छ ।

शुभारम्भ कार्यक्रममा नेपालका मौलिक संस्कृति झल्कने नाचगानबाट शुरू गरेर नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको सहयोगमा राष्ट्रगान बजाइनेछ । त्यसलगत्तै बाँजागाँजासहित रंगशालामा भ्रमण वर्ष २०२० को मानव साङ्लो बनाइनेछ । कुटुम्ब ब्याण्डको सांगीतिक प्रस्तुतीमा विभिन्न संघसंस्थाले परेड खेल्नेछन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री योगेशकुमार भट्टराईले स्वागत मन्तव्य राख्नेछन् । सोही समारोहमा भ्रमण वर्षको राष्ट्रिय गीतसमेत सार्वजनिक गरिनेछ । सरकारले यो कार्यक्रममा सहभागिताका लागि विभिन्न देशका विदेशी पाहुनालाई पनि निपाल निम्तो गरेको छ ।

भ्रमण वर्षको शुभारम्भका लागि चीनका सहायक पर्यटनमन्त्री वाङ सियाओफेङ, भारतका पर्यटन राज्यमन्त्री प्रल्हादसिंह पटेल, म्यानमारका प्राकृतिक स्रोत तथा वातावरण संरक्षणमन्त्री यू ओहन मौग, जमैकाका मन्त्री ओन मउङ लगायतका विशिष्ट ब्यक्तिहरु नेपाल आईपुगेको पर्यटनमन्त्री योगेश भटटराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस