बागलुङ । नेत्रविक्रम चन्द समूह निकट युवा सङ्गठनका जिल्ला सचिव सहलबहादुर सुनारले जिल्ला प्रशासन कार्यालय बागलुङमा आत्मसर्मपण गर्नुभएको छ ।
गलकोट नगरपालिका–४ का सुनारले सो समूह परित्याग गरी स्वतन्त्र नागरिकको हैसियतमा रहने प्रतिबद्धता जनाउँदै सोमबार प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, प्रहरी उपरीक्षक नवराज भट्टलगायतको रोहबरमा आत्मसर्मपण गर्नुभएको हो ।
सो अवसरमा उहाँले जारी गर्नुभएकोे प्रेस विज्ञप्तिमा “नेपालको संविधान, कानूनविपरीत हुने कुनै पनि गतिविधि नगर्ने प्रतिबद्धता गर्दै पार्टी परित्याग गरेको घोषणा गर्दछु”, भन्ने उल्लेख छ । जिल्ला अदालतले सुनारलाई आइतबार रु १५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
(रासस)

प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १५ पुस २०७६, ११ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चुनावलाई संघर्षको मोर्चाका प्रयोग गर्दा जनताले सकारात्मक सद्भाव राखेको पाइयो : विप्लव
रोल्पाबाट विप्लवले गरे मतदान
पूर्वराजा ज्ञानेन्द्रसँग सहकार्य गर्न विप्लव तयार
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
प्रचण्डलाई विप्लवको जवाफ–चुनावी सहकार्य गर्न तयार नहुने पार्टी एकताको चर्चा गर्ने ?
‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलाई एकता प्रक्रियामा आउन ‘प्रचण्ड’ आग्रह