काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवा आफु इतर समुहका नेता फकाउने प्रयासमा लागेका छन् । संस्थापन पक्षसँग सिधै अब महाधिवशेनमा भेट हुने बताउँदै आएका संस्थापन इतर समुहका एक एक नेतालाई फरक फरक ढंगले भेटघाट गर्दै देउवाले फकाउने रणनीति लिन थालेका छन् ।
अब एक्लै दुक्लै सभापति देउवासँग भेट नगर्ने बताएका महामन्त्री डा. शशांक कोइरालालाई देउवाले एक्लै आफ्नै निवासमा बोलाएर भेटेका छन् । हिजो दिनभर देउवाको प्रयास असन्तुष्ट नेताहरुलाई विभिन्न माध्यम प्रयोग गरेर भेट्ने र फकाउने प्रयास गरेका थिए । सभापति देउवाले पौडेल, कोइराला र सिटौला पक्षको बहिष्कारका बाबजुद पनि महाधिवशेन कार्यतालिका तोक्ने देखि तरुण दलको म्याद थप गर्ने र केन्द्रीय विभाग बढाउने सम्मका निर्णय लिएका थिए । त्यसपछि देउवा इतर पक्षका नेताहरु थप रणनीति बनाउन निरन्तर सम्वादमा छन् ।
उनीहरु देउवाको पार्टीभित्रको अधिनायकवादका विरुद्ध गाँउ तहसम्मै अभियान लिएर जाने तयारीमा छन् । सोमबार उनीहरुले सांसद दिब्यमणि राजभण्डारीको मण्डिखाटरस्थित निवासमा छलफल गरेका थिए । देउवाले भने आफु विरुद्ध पार्टीभित्र देखा परेका सवै समुह एक हुन थालेपछि त्यो गठबन्धन भत्काउने रणनीतिमा इतर समुहका नेताहरुलाई छुटाछुटै भेटेर फकाउने रणनीति अख्तियार गरेका हुन् । त्यही क्रममा उनले १७ पुसमा पार्टी केन्द्रीय समितिको बैठक पनि बोलाएका छन् । पौडेल पक्षलाई अप्ठयारोमा पार्नका लागि उनले सो दिनको छलफल राष्ट्रिय सभाको ९ माघमा हुने निर्वाचनको उम्मेदवार चयनका लागि भनेर बोलाएका छन् ।
केन्द्रीय समितिको बैठक बहिष्कार गरिरहेको समुहलाई देउवाले चुनावका उम्मेदवार चयनका लागि बैठक बोलाए पछि दुविधामा पारेको छ । नजाउ चुनावमा पार्टीको सवाल छ, जाऔं देउवाले आफुहरुको मागको बेवास्ता गरेर अगाडी जाने र उनलाई गलाउन सक्ने अवस्था आउदैन । त्यही भएर पनि उनीहरु सांसद राजभण्डारीको निवासमा आन्तरिक छलफलमा बसेका थिए ।
सभापति देउवाले महामन्त्री कोइरालालाई विदेशी टोली पार्टी प्रतिनिधीसँगको भेटघाटमा आउन चाहेकोले बुढानिलकण्ठ आउनु भन्दै शशांकलाई बोलाएका थिए । त्यसपछि उनीहरुका बीचमा लामैं कुराकानी भएको स्रोतले बताएको छ । आफु विरोधी समुहमा एकअर्कामै अविश्वास पैदा गराईदिने, फुट पार्ने र पार्टी सत्ता चलाउने रणनीतिमा अहिले शेरवहादुर देउवा छन् । त्यही भएर उनले रामचन्द्र पौडेल पक्षलाई फकाउन बिहान उपसभापति विमलेन्द्र निधीलाई पौडेल निवास वोहोराटारमा पठाएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ पुस २०७६, ०९ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद्को गतिरोध अन्त्य गर्नेबारे देउवा–प्रचण्डबिच छलफल हुने
राजीनामाको दवावमा रहेका गृहमन्त्रीलाई देउवाले धाप मारेपछि ...
देउवाले बोलाए पदाधिकारी बैठक
शेखर समूहका सदस्यहरूले देउवालाई बुझाए ज्ञापनपत्र
गभर्नर नियुक्ति छिट्टै हुन्छ: देउवा
प्रधानमन्त्री ओली र देउवाबीच छलफल