चितवनमा पहिलो पटक ल्याण्ड, हाउजिङ एण्ड कन्स्ट्रक्सन एक्स्पो हुने, सँगै फर्निचर एण्ड होम डेकोर एक्स्पो

सफल खबर संवाददाता

सोमबार, १४ पुस २०७६, १८ : ३४
चितवनमा पहिलो पटक ल्याण्ड, हाउजिङ एण्ड कन्स्ट्रक्सन एक्स्पो हुने, सँगै फर्निचर एण्ड होम डेकोर एक्स्पो

चितवन । आगामी माघ दोस्रो साता चितवनको भरतपुरमा पहिलो पटक घर जग्गा तथा सजावट र फर्निरसँग सम्बन्धित अन्तर्राष्ट्रिय स्तरका २ वटा एक्स्पो आयोजना हुने भएका छन् । भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित चितवन प्रदर्शनी स्थलमा माघ ८ देखि ११ गतेसम्म नेपाल ल्याण्ड, हाउजिङ एण्ड कन्स्ट्रक्सन एक्स्पोसँगै फर्निचर एण्ड होम डेकोर एक्स्पो आयोजना हुने भएको हो ।

एएस इभेण्ट एण्ड मार्केटिङ प्रालि र इभेण्ट सोलुसन प्रालिको संयुक्त आयोजनामा दुवै मेलाको आयोजना हुन लागेको हो । पछिल्लो समय आधुनिक शैलीमा घर तथा आवासीय भवनको निर्माण तीब्र बन्दै गएको अवस्थालाई मध्यनजर गर्दै चितवन प्रदर्शनीस्थलमा मेला आयोजना गर्न लागिएको हो । 

घर जग्गा तथा निर्माण मेलामा आधुनिक शैलीका गुणस्तरीय निर्माण सामग्री र प्रविधि आकार्षण बन्ने एएस इभेण्ट एण्ड मार्केटिङ प्रालिका प्रबन्ध निर्देशक अनिल श्रेष्ठले बताए । ‘जगदेखि निर्माण पछिको अन्तिम सजावट सम्मका सबै सामग्री र त्यसको प्रविधिका बारेमा सर्वसाधारण, व्यवसायी र सम्बद्ध पक्षलाई जानकारी गराउन एकै छानामुनी दुई वटा मेला आयोजना गर्न लागिएको हो ।’ श्रेष्ठले भने ।

फर्निचर तथा सजावट मेलाको टाइटल स्पोन्सरमा जेम फ्लोरिङ रहेको छ भने हाइटेक्स कार्पेटले मुख्य प्रायोजन गर्नेछ ।
त्यसै गरी दुवै मेलालाई उद्योग परिसंघ र चितवन उद्योग संघले प्रवद्र्धन गर्ने छन् । रेष्ट्रोलोजी, अधिकारी क्रिएटिभ कन्सर्न र ब्रिज एजुकेशन फाउण्डेसनले दुवै मेलालाई सपोर्ट गर्ने छन् ।

विलासिताबाट अपरिहार्य बन्दै गएको फर्निचर तथा सजावटका उत्पादनलाई पनि एकै पटक मेलामा आकर्षणका रुपमा समावेश गरिएको अर्को आयोजक संस्था इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले बताए । 
चार दिनसम्म चल्ने मेलाको २० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
 

प्रतिक्रिया दिनुहोस