सिद्धबाबालाई धरौटीमा छाड्न अदालतको आदेश

सोमबार, १४ पुस २०७६, १६ : ११
सिद्धबाबालाई धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं । जबरजस्ती करणीको आरोपमा पक्राउ परेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

सुनसरी जिल्ला अदालतका मुख्य न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले तीन लाख धरौटीमा छाड्न आदेश दिएको हो । 

उनीमाथि आफ्नै अनुयायी महिलालाई बलात्कार गरेको आरोप लागेको छ । उनले भने आरोप अस्वीकार गर्दै आएका छन् । 

गत कात्तिक ४ गते उनी पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस