यो वर्ष बलिउडमा जमेका नवोदित सुन्दरी (फाेटाेफिचर)

पत्रपत्रिकाबाट

सोमबार, १४ पुस २०७६, ०७ : ४८
यो वर्ष बलिउडमा जमेका नवोदित सुन्दरी (फाेटाेफिचर)

(एजेन्सी) । सन २०१९ अन्त्य हुनै लाग्दा बलिउडमा फिल्मी हिसाब किताब सुरु हुन लागेको छ, को आए को गए । गएको वर्ष डेब्यु गरेर चर्चामा आएका केही कलाकारको यहाँ चर्चा गरिएको छ :

अनन्य पाण्डे : चंकी पाण्डेकी छोरी अनन्य पाण्डेले अभिनय गरेको दुई फिल्म प्रदर्शन भयो । स्टुडेण्ड अफ द इयर–२’वाट बलिउडमा प्रवेश गरेकी यी अभिनेत्रीले ‘पती पत्नी और वो’मा अभिनय गरिन् । दुवै फिल्ममा अनन्याको कामको तारिफ भयो । अहिले उनी इशान खट्टरका साथ फिल्म ‘खाली पीली’को सुटिङमा व्यस्त छिन् ।


तारा सुतारिया : तारा सुतारिया पनि ‘स्टुडेण्ट अफ द इयर–२’वाटै डेब्यु गरेकी हुन् । २४ वर्षीया तारा सुन्दरी र क्षमतावान मानिन्छिन् ।


प्रनुतन बहल : मोहनीश बहलका छोरी प्रनुतनलाई बलिउडमा सलमान खानले ल्याएका थिए । सलमान खान प्रोडक्सनमा बनेको नोटबुकवाट उनले डेब्यु गरेकी थिइन् । फिल्म बक्स अफिसमा असफल भयो तर, पनि प्रनुतनको अभिनयको तारिफ भयो । अहिले उनी ‘हेलमेट’को सुटिङमा व्यस्त छिन् ।

सई मञ्जेकर : सईले ‘दबंग ३’ मा अभिनय गरेकी छिन् । उनी नर्देशक एवं अभिनेता महेश मञ्जेकरकी छोरी हुन् ।

सिद्धान्त चतुर्वेदी : सिद्धान्तले ‘गली ब्याय’मा एमसी शेरको भुमिका निर्वाह गरेर काफी प्रसंसा बटुलिन् । उनले सपोर्टिङ एक्टरको अवार्ड पनि पाईन् । ‘गली ब्वाय’मा उनको अभिनयवाट प्रभावित भएर अमिताभ बच्चनले समेत स्पेशल पत्र लेखेका थिए । सिदार्थ अहिले दुई फिल्ममा काम गर्दैछन् ।


शर्मिन सहगल : शर्मिनले पनि मलाल फिल्मवाट डेब्यु गरेकी थिइन् । उनी सञ्जयलीला भन्सालीकी भान्जी एवं बेला सहगलकी छोरी हुन् । राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस