सरकारले अत्यावश्यक औषधिको संख्या बढाउने

पत्रपत्रिकाबाट

आइतबार, १३ पुस २०७६, ०८ : ००
सरकारले अत्यावश्यक औषधिको संख्या बढाउने

काठमाडौं। सरकारले अत्यावश्यक औषधिको सूची बढाएर ३९२ पु¥याउनेगरी तयारी थालेको हो । विज्ञहरूसँगको परामर्शमा औषधिको सूची संख्या थपको प्रारम्भिक खाकासमेत तयार भएको औषधि व्यवस्था विभागका निमित्त महानिर्देशक पानबहादुर क्षेत्रीले बताए । विभागका अनुसार हाल अत्यावश्यक औषधिको संख्या ३५९ रहेको छ ।

सो संख्यामा रहेका औषधिहरूको संख्या केही नयाँ थप्ने र केही हटाइने भएको छ । यद्यपि, अन्तिम रूप भने दिइएको छैन ।राजधानी दैनिकमा खबर छ ।