प्रचण्ड चितवन बस्दा सिंहदरवारमा नेम्वाङलाई छटपटी !

सफल खबर संवाददाता

शुक्रबार, ११ पुस २०७६, ०९ : १७
प्रचण्ड चितवन बस्दा सिंहदरवारमा नेम्वाङलाई छटपटी !

काठमाडौं । नेकपा अध्यक्ष प्रचण्ड बुधबार गृहजिल्ला चितवन पुगे । उनी अझ जान त मंगलवार नै चितवन जान खोजेका थिए । तर मंगलवार बेलुकी प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा प्रमुख प्रतिपक्ष काँग्रेस सभापति शेरवहादुर देउवासहितका शीर्ष नेताहरुको बैठक राखे । सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन र ऐन संसोधनका विषयमा छलफल गर्न ओलीले देउवा र प्रचण्डलाई बालुवाटारमा निम्त्याएका थिए ।

उक्त छलफलमा सुवास नेम्वाङ, रमेश लेखक लगायतका अन्य नेताहरु पनि बालुवाटारमै शीर्ष नेताका सहयोगीका रुपमा पुगेका थिए । त्यसपछि प्रचण्ड भोलिपल्ट चितवन हान्निए । गृहजिल्लामा पूर्व निर्धारित कार्यक्रम रहेका कारण उनी चितवन पुगेका थिए । बिहिवार फर्कने योजनका साथ चितवन लागेपछि सभामुख चयनको छलफलका लागि नेकपाका दुई अध्यक्ष ओली र प्रचण्डका बीचमा छलफल हुन पाएको थिएन् ।

सचिवालयले दुई अध्यक्षलाई समझदारी कामय गरी आउन भनेपछि दुई अध्यक्षले सामान्य औपचारिकताको छलफल गरेपनि पात्र चयनका विषयमा सभामुख चयनमा छलफल हुन पाएको थिएन । ओलीले प्रचण्डलाई मनाउने र सभामुखको लागि तयारीमा लाग्न सुवास नेम्वाङलाई आश्वासन दिईसकेका थिए । ओलीले प्रचण्ड बिहिवार दिउँसो काठमाडौं फर्कने र साँझ बालुवाटारमा नेम्वाङ सहितलाई राखेर सभामुख चयनका विषयमा छलफल गर्ने योजना बनाएका थिए ।

बिहिवार दिनभर सिंहदरवारस्थित संसदीय दलको कार्यलयमै रहेका नेम्वाङ पत्रकारहरुसँग सभामुखमा आफुलाई दुई अध्यक्षले नै धाप मारिसकेको बताईरहेका थिए । उनी ३ बजे प्रचण्ड चितवनवाट फर्कने र साँझ बालुवाटारमा छलफल हुने पनि आफु निकट सञ्चारकर्मीहरुसँग सूचना सेयर गरिरहेका थिए । प्रचण्डसँग पनि आफुले भेटका लागि समय माग गरेको उनको भनाई थियो । जब ३ बज्न लाग्यो, नेम्वाङमा छटपटी बढ्यो ।

उनी कहिले दलको कार्यलयमा रहेको कार्यकक्षको भित्तामा रहेको घडी हेर्थे त कलिहे प्रचण्ड जी के आज नआउने भए ? भनी अन्य नेताहरुसँग जिज्ञासा राखिरहेका भेटिन्थे । उनीमा यति छट्पटि थियोकी, उनी कहिले यता त कहिले उता आफ्नै कार्यकक्ष भित्रको कोठामा गरिरहेका थिए । प्रचण्डले बिहिवार ३ बजे काठमाडौं फर्कने गरी काटिसकेको प्लेन टिकट आज बिहानका लागि साढे २ बजेतिर मात्र स्थगित गरिदिए । चितवनका केही भेटघाट बाँकी रहेपछि उनले काठमाडौं फर्कने योजना आज बिहान सम्मलाई सारिदिए ।

पूर्व माओवादी धारका नेताहरुले पार्टीभित्रको शक्ति सन्तुलन मिलाउन सभामुख छोड्न नसक्ने , छोड्दा प्रचण्डलाई नै अप्ठयारो पर्ने पार्टीभित्रै दबाब बढाईरहेका बेला प्रचण्डले पनि बिहिबार बालुवाटारमा साँझ छलफल गर्न आउनु पर्ने नेता चितवनमै बस्ने निश्र्कषमा पुगिदिएपछि नेम्वाङलाई छटपटी परेको थियो । नेम्वाङ निकट स्रोत भन्छ, आफैले प्रचण्डलाई फोन गर्दा पदको भोगी जस्तो देखिने, नगर्दा कतै मुखैमा आईसकेको सभामुख चिप्लने हो की भन्ने भयमा नेम्वाङ देखिन्थे । यसले पनि नेम्वाङ लाई दिनभर छटपटी पारिरहेको थियो ।

‘मान्छे सिंहदरबारमा भएपनि नेम्वाङ कमरेडको मन रुमल्लिरहेको थियो, कहिले चितवन, कहिले बालुवाटार तिर के भईरहेछन् भन्ने तिर उनको चासो बढी हुन्थ्यो’, सिंह्दरबार दलको कार्यालयमा रहेका नेकपा नेताहरु बताईरहेका थिए ।
 

प्रतिक्रिया दिनुहोस