चितवन । बसको ठक्करबाट चितवनको भरतपुरमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका १३ बाक्सिलिङका १७ वर्षीय युवा फिलिप प्रजा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
भरतपुर महानगरपालिका १ दियालोरोडमा पुलचोकबाट बसपार्क तर्फ जाँदै गरेको ना ४ ख ६३३० नम्बरको बसले प्रजालाई आज विहान ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भिर घाईते भएका प्रजाको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएकोे प्रहरी नायव उपरिक्षक एक नारायण कोईरालाले बताए । बस र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० पुस २०७६, १० : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु