चितवन । बसको ठक्करबाट चितवनको भरतपुरमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका १३ बाक्सिलिङका १७ वर्षीय युवा फिलिप प्रजा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
भरतपुर महानगरपालिका १ दियालोरोडमा पुलचोकबाट बसपार्क तर्फ जाँदै गरेको ना ४ ख ६३३० नम्बरको बसले प्रजालाई आज विहान ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भिर घाईते भएका प्रजाको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएकोे प्रहरी नायव उपरिक्षक एक नारायण कोईरालाले बताए । बस र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० पुस २०७६, १० : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
छोराको कुटपिटबाट आमाको मृत्यु
कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु
फेवातालमा डुबेर एकजनाको मृत्यु
झापामा सर्पदंशबाट वृद्धाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
पौडी खेल्ने क्रममा डुबेर २ बालिकाको मृत्यु