धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा मनाइने ‘भुवा पर्व’को अवसरमा यही पुस १० गते सार्वजनिक बिदा दिने भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज प्रकाशित सूचनामा प्रदेश सरकारको निर्णयबमोजिम भुवा पर्व मनाइने पुस १० गते बिहीबार सार्वजनिक बिदा दिइएको उल्लेख गरिएको छ ।
यो पर्व खास गरी प्रदेशको अछाम, बाजुरा, बझाङलगायतका जिल्लामा उल्लासपूर्वक मनाउने गरिन्छ । (रासस)


प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०८ पुस २०७६, १३ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा
भोली देशभर सार्वजनिक बिदा
मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा
बागमतीमा आइतबार सार्वजनिक बिदा
कर्णाली प्रदेशमा भोली सार्वजनिक बिदा
गर्मी बढेपछि भरतपुर महानगरपालिकाले दियो ३ दिन विद्यालयलाई सार्वजनिक बिदा