Safal Khabar - युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा वडा सदस्य पक्राउ
शनिबार, ३१ साउन २०७७ (Saturday, 15 August, 2020)
विस्तृतमा हेर्नुहोस् »
युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा वडा सदस्य पक्राउ
सोमबार, ०७ पुष २०७६, १३ : ५९
युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा वडा सदस्य पक्राउ

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–६ हुम्सुमा एक युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा सोही वडाका वडा सदस्य ३८ वर्षीय बालकुमार राईलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले पक्राउ गरेको छ । 

गत मङ्सिर १५ गते पीडितले उक्त घट्ना भएको भनी दिएको उजुरीका आधारमा बालकुमारलाई गत शुक्रबार पक्राउ गरेको प्रहरीको भनाइ छ ।

जबर्जस्ती करणीमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले जानकारी दिनुभयो ।  (रासस)

Yeti Diistillery
Tansen Cement box

प्रतिक्रिया दिनुहोस