विदेश काम गर्न जान अब घरबाटै आवेदन

पत्रपत्रिकाबाट

सोमबार, ०७ पुस २०७६, ०९ : ०७
विदेश काम गर्न जान अब घरबाटै आवेदन

काठमाडौँ । सरकारले वैदेशिक रोजगारीमा जान घरमा नै बसेर अनलाइनबाटै छनौट प्रक्रियाका लागि आवेदन दिन सकिने प्रक्रिया सुरु गरेको छ । 

यो प्रणालीको परीक्षणसँगै युवाले म्यानपावरमा आएको माग वैदेशिक रोजगार विभागको वेबसाइटमा हेरेर आफूले छनोट गरेको क्षेत्रमा घरबाट नै आवेदन दिन सक्ने कारोबार दैनिकमा खबर छ । 

एक म्यानपावरले कामदार छनौट गर्ने र अर्कोले पूर्वस्वीकृति लिइ कामदार छनौट गरी चलखेल गर्ने विकृतिलाई अन्त्य गर्न सरकारले यो सेलेक्सन मोडुलर र मागपत्र प्रमाणीकरणलाई अनलाइन प्रमाणीकरणसँग जोडेको हो ।

प्रतिक्रिया दिनुहोस