काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले दैलेखको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाही र उनकी पत्नी इलालाई अपहरण गरेको छ । गएराति करिब १२ बजेतिर उनीहरुलाई विप्लवका कार्यकर्ताले अपहरण गरेका हुन् । ठाटीकाँध गाउँपालिका–२ स्थित श्रीपाटामा रहेको आफ्नै घरबाट उनीहरुलाई अपहरण गरेको उनका भाई हस्त शाहीले बताए ।
अपहरणकारीले आफुलाई पनि दाजु भाउजुसँगै लगेको तर राती १ बजे आधा बाटोमा लगेर छोडिदिएको हस्तले बताएका छन् । धीरबहादुर शाही ठाटीकाँध गाउँपालिका अध्यक्ष तथा सत्तासिन पार्टी नेकपाका जिल्ला कमिटी सदस्य थिए । उनकी पत्नी नेपाल राष्ट्रिय शिक्षक संघकी केन्द्रीय उपाध्यक्ष थिइन् । नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले उनीहरुलाई विप्लवका कार्यकर्ताले अपहरण गरेको पुष्टि गरेका छन् ।
उनले विप्लव कार्यकर्ताले आफ्नै घरबाट मध्य राती अपहरण गरेर उनीहरुलाई बिजारेको जंगल हुँदै कालीकोटको भर्तातिर लिएर गएको बताएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले टेलिफोनमा भने,–अपहरणको घटना जानकारीमा आएपनि कसले अपहरण गरेको भनी पुष्टि भईसकेको छैन् । अहिले बिहान सुरक्षा समितिको बैठक बसी अपहरितको खोजी तीब्र पारेको उनले बताए ।
केन्द्रीय सदस्य रिजालले भने घटनापछि दैलेखमा डीएसपी हरि ओली, सुर्खेतमा डीआइजी पूर्णचन्द्र जोशी र काठमाडौंमा गृहसचिव प्रेम राईसँग समन्वय भइरहेको वताए । ‘लेकमा हिउँ परेको छ, दैलेखको तिलेपाटा र कालीकोटतिरबाट पनि प्रहरी परिचालन भइसकेको छ,’ नेकपा विदेश विभागका उपप्रमुख समेत रहेका रिजालले भने,–‘विप्लवका कार्यकर्तालाई राजनीतिक व्यवहार गर्न र अपहरित शाही दम्पत्तिलाई अविलम्ब रिहा गर्न आग्रह गर्दछु ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ पुस २०७६, ०९ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विप्लव नेतृत्वको दलले पायो प्रमाणपत्र, चुनाव चिह्न गुलाब
विप्लवको पार्टीलाई आज निर्वाचन आयोगले दल दर्ता प्रमाणपत्र दिने
विप्लव नेतृत्वको नेकपाले छाड्यो समाजवादी मोर्चा
विप्लव, जनार्दन र घनश्याम बीच भेटवार्ता
जनयुद्धजस्तै जेनजी विद्रोहपनि तुहिने खतरा छ : विप्लव
विप्लव नेतृत्वको कम्युनिस्ट पार्टी नेपालले आज काठमाडौँमा जनप्रदर्शन गर्ने