फोर्ब्सको नजरमा नेपाल : घुम्नलायक उत्कृष्ट देश

सफल खबर संवाददाता

बुधबार, ०२ पुस २०७६, १६ : ४८
फोर्ब्सको नजरमा नेपाल : घुम्नलायक उत्कृष्ट देश

काठमाडौं । चर्चित अमेरिकी पत्रिका फोर्ब्सले नेपाललाई सन् २०२० र आउने  दशकसम्मका लागि पर्यटकहरुका लागि घुम्नलायक उत्कृष्ट देशभित्र राखेको छ ।

पत्रिकाले संसारकै सबैभन्दा साहसिक पर्यटनका लागि नेपाल उपयुक्त समेत रहेको समेत उल्लेख गरेको छ । पत्रिकाले नेपालको तराईदेखि हिमालयका हिमालको समेत व्यख्या गरेको छ । पत्रिकाले चितवनमा अवस्थित टाइगर टप्स रिसोर्टको थारु लज, हात्तीमा गरिने जंगल सफारी, बाघ तथा सूर्य अस्ताएको मनोरम दृश्यहरु देख्न सकिने कुरालाई प्राथमिकतामा राखेको छ ।

पत्रिकाले राजधानीमा अवस्थित द्वारिका होटललाई ुजिँउदो संग्राहलयुको रुपमा व्यख्या गरेको छ । मानिसहरुलाई आकर्षित गर्ने धेरै ठाउँहरु अझै चर्चामा नआएको उल्लेख गर्दै पत्रिकाले पर्यटकहरुलाई नेपालका त्यस्ता ठाउँहरुमा भ्रमण गर्न आग्रह गरेको छ । नेपालको हिमाली क्षेत्रको पदयात्रा पनि रोमाञ्चक हुने पत्रिकाले वर्णन गरेको छ । सो पत्रिकाले सगरमाथा बेस क्याम्पको यात्राको समेत वर्णन गरेको छ ।

यसअघि गत अगस्टमा सीएनएनले घान्द्रुकलाई एसियाको १३ औँ फोटोजेनिक सहरको रुपमा सूचीकृत गरेको थियो । लन्ली प्लानेटले सन् २०१९ मा काठमाडौं विश्वको उत्कृष्ट घुम्न लायक सहरको रुपमा राखेको थियो । विश्व आर्थिक मञ्चले पनि भ्रमणका लागि नेपाल विश्वको १५ औँ सस्तो मुलुक भएको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस