हिउँमा पुरिएर दुईको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, ०१ पुस २०७६, २२ : २८
हिउँमा पुरिएर दुईको मृत्यु

बझाङ । बझाङमा हिउँमा पुरिएर दुइको मृत्यु भएको छ । बझाङ जिल्लाको सुर्मा गाउँपालिका वडा नम्बर १ बस्ने १८ वर्षिया कविराज बोहरा र १४ वर्षिया शहदेब बोहराको मृत्यु भएको हो ।

मंसिर २५ गते घरबाट सुर्मा गाउँपालिकाको ओखल भन्ने ठाँउमा जडीबुटी संकलन गर्ने भन्दै गएका दुवै जनाको हिउँमा पुरीएर मृत्यु भएको सुर्मा गाउँपालिकाका अध्यक्ष नर बहादुर बोहराले बताए ।

जडीबुटी संकलन गर्न गएका दुवै जना घर नफर्कीएपछि खोजी गर्दै जाँदा मंगलबार दुवै जना मृत अवस्थामा फेला परेको उनको भनाइ छ ।हिउँले पुरिएर दुई जनाको मृत्यु भएको खबर प्राप्त भएपश्चात घटनास्थल तर्फ दौलीचौर चौकी बाट प्रहरी टोली खटाएको छ । जिल्ला प्रहरी कार्यालयका डियसपी गणेश बमले प्रहरी टोली पुगेपछि थप जानकारी आउने बताए ।

प्रतिक्रिया दिनुहोस