सुनसान क्यान मेला, देखाउनलाई ¥याली देखि मेलासम्म स्कुले विद्यार्थी

शुक्रबार, २६ माघ २०७४, १० : ०२
सुनसान क्यान मेला, देखाउनलाई ¥याली देखि मेलासम्म स्कुले विद्यार्थी

चितवन / बिहिबार शुरु भएको चितवन क्यान ईन्फोटेक मेला सुनसान जस्तै बनेको छ । चितवन उद्योग सघं परिसरमा बिहिबार उद्घाटन गरिएको मेलामा आयोजक र स्टलमा बसेका व्यवसायी भन्दा अरु अनुहार देख्न गारो देखिन्थियो । मेलाको उद्घाटनका लािग पुग्नु भएका चितवन क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेलले मेला २ देखी ४ मिनेट मात्र सम्बोधन गर्नुभएको थियो । उहाँले सम्बोधन गरि रहदा मञ्चको अगाडी मुश्किलले १५ जना देखिन्थिए । मञ्चको अगाडी राखिएका अधिकाश कुर्सीहरु खाली थिए ।

चितवनमा आयोजना हुने मेलाहरुमा मनिसहरुको चहलपहल बाक्लो देखिने भए पनि क्यान मेला हाट बजार भन्दा पनि कमजोर साबित भएको छ । मेलाको उद्घाटनको ¥यालीमा नारायणगढ बेलको सेन्ट्रल बोर्डिङ स्कुलका विद्याथीहरुलाई नारायगढ बजार देखी मेला परिसरसम्म परिक्रममा गराईएको थियो । कुनै पनि कार्यक्रमको प्रचार प्रसार गर्न बालबालिकाको प्रयोग गर्न नपाईने भए पनि क्यान मेलाले विद्यार्थीहरुलाई ४ देखि ५ किलोमिटर हिड्न बाध्य परिएको छ ।

मेलामा राखिएको कुनै पनि स्टलमा ग्राहकहरु देखिदैनन,भने कुनै त स्टलनै खाली छ । यस अघिका मेलाहरुमा मेला हेर्न आउने दर्शक उलेख्य मात्रामा हुन्थे तर यसपाली भने क्यान मेला लागेको जस्तो देखिएको छैन । सुचना प्रविधिको जानकारी दिने उदेश्यले मेला आयोजना गरिएको भए पनि मेलाको बारेमा सुचनाको अभाव भएको देखिन्छ । सुचना र प्रविधिले निकै ठुलो फड्को मार्दै अघि बढेको चितवनमा क्यान ईन्फोटेक मेलामा दर्शकहरुको उपस्थिति नहुनुले आयोजकको व्यवस्थापन प्रति प्रश्न उठेको छ ।

सुविधा सम्पन्न चितवन एक्पो सेन्टर चलिरहेको क्यान मेला हेर्दा भने चितवनबासिलाई सुचना र प्रविधि बारे त्यति चासो नरहेको होकी भन्ने अड्कल काट्न सकिन्छ । तर यसो भनिरहदा आयोजक र व्यवस्थापन समितिको कमजोरीका कारण दर्शकको उपस्थिति न्यून रहेको पनि हुन सक्छ ।  कतिपय सर्वसाधारणको भनाई सुन्दा आफुलाई मेला बारे केहि थाहा नै नभएको अभिव्यक्ति दिन्छन उनीहरु  त्यसोत मेलामा विभिन्न स्किमहरु राखीएको भए पनि इच्छुक कोहि भेटिदैनन  ।

प्रतिक्रिया दिनुहोस