बँदेलको आक्रमणबाट सीतादेवीको मृत्यु

रासस

आइतबार, २९ मंसिर २०७६, ११ : ४२
बँदेलको आक्रमणबाट सीतादेवीको मृत्यु

सप्तरी । सप्तरीको कञ्चनरुपा नगरपालिका–६ की ३५ वर्षीया सीतादेवी सदाको शनिबार बँदेलको  आक्रमणबाट मृत्यु भएको छ । घर नजिकै जङ्गलमा खर काटन गएकी सदालाई जङ्गली बँदेलले एक्कासि आक्रमण गर्दा घाइते पारेको थियो । 
उहाँको  उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्राले जानकारी दिनुभयो ।(रासस) 

प्रतिक्रिया दिनुहोस