आन्दोलन स्थगित गर्न विद्यार्थीहरुलाई सिएमसीको आग्रह

सफल खबर संवाददाता

शनिबार, २८ मंसिर २०७६, १८ : ५०
आन्दोलन स्थगित गर्न विद्यार्थीहरुलाई सिएमसीको आग्रह

चितवन । चितवन मेडिकल कलेजले विद्यार्थीहरुलाई आन्दोलन स्थगित गर्न आग्रह गरेको छ । कलेजले आज प्रेस विज्ञप्ती जारी गरी सरकारसँग भएको २ बुँदे सहमति अनुसार अघि बढ्न आफुहरु तयार रहेकाले आन्दोलन स्थगित गरी नियमीत पठनपाठनमा सहभागि हुन आग्रह गरेको हो ।

 मंसिर १० गत्ते शिक्षा मन्त्रालयमा भएको २ बुँदे सहमति कार्यान्वयन गर्ने चरणमा कलेज अघि बढेको समेत जनाएको छ । विज्ञप्तीमा भनिएको छ ‘सरकार हामी सबैको अभिभावक हो । सरकारले दिएको अनुमतिबाट चलेका हामी कलेजहरु उसले दिने निर्देशन, गर्ने नियमन र सहमती भन्दा बाहिर जान सक्ने कुरा भएन । यो तथ्यलाई आत्मसाथ गरी नियमित शैक्षिक क्रियाकलापमा सहभागी भई शैक्षिक, प्रशासनिक र प्राज्ञिक कार्य सञ्चालनमा सहयोग गर्न अपिलगर्दछौ ।’

शैक्षिकवर्ष २०७५÷०७६ (प्रथमबर्ष) र २०७४÷०७५ (दोस्रो बर्ष) को एम.बि.बि.एस र बि.डी.एस अध्ययनका लागि सरकारले उपत्यका बाहिर तोकेको ४२ लाख ४५ हजार र  १९ लाख ३२ हजार ६ सय १२ शिक्षण शुल्कमध्ये पचास प्रतिशत पहिलो किस्ताको शुल्क २१ लाख २२ हजार ५ सय र ९ लाख ६६ हजार ३ सय ६ लिइसकिएको छ । 

त्यस बाहेक केही अतिरिक्त शुल्क तिरिसकेकाको हकमा पहिलो किस्ताको शुल्कमा, त्रि.वि.रजिष्ट्रेसन शुल्क, काउन्सिल रजिष्ट्रेसन शुल्क, सम्वन्धित निकायले तोके बमोजिमको रकम समेत जोडेर अन्य बाँकी हुनआउने रकम आगामी किस्तामा समायोजन गरिने कलेजले जनाएको छ । यस्तै कलेजमा सञ्चालित स्नातक तहका अन्य कार्यक्रमहरू (नर्सिङ्ग, पब्लिक हेल्थ, बि.फार्मेसी, बि.एम.एल.टी, बि.एम.आई टी) का हकमा त्रिभुवन बिश्वबिद्यालय तथा सम्वन्धित निकायले सम्वन्धन प्राप्त मेडिकल कलेजका लागि तोकेको भन्दा बढि लिएको शुल्क समायोजन वा फिर्ताको प्रक्रिया अगाडि बढाईएको पनि कलेजले जनाएको छ । 

निरन्तरको आन्दोलनले आजीत बनेको मेडिकल कलेज केहि लचिलो पनि देखिएको छ । विद्यार्थीहरुको असहयोगका कारण सरकारसँगको सहमति कार्यान्वयन समस्या भईरहेको विज्ञप्तीमा उल्लेख छ । 

विद्यार्थीहरुको निरन्तरको आन्दोलनले मेडिकल कलेज केहि लचिलो बनेको छ । कलेजले सरकारसँग भएको २ बुदे सहमति भन्दा माथी उठेर शुल्क समायोजन गर्ने प्रतिवद्धता पनि जनाएको छ । शैक्षिकवर्ष २०७२÷०७३ र २०७३÷०७४ को हकमा बिश्वबिद्यालय तथा सम्वन्धित निकायको समन्वयमा अध्ययन, छलफल र छानविन गरि चिकित्सा शिक्षा आयोगले आवश्यक कार्य गरिरहेको हुनाले उक्तआयोगको निर्णय कार्यन्वयन गर्ने प्रतिवद्धता जनाउदै आन्दोलन स्थगित गर्न आग्रह गरेको छ । साथैं, सरकारसँग भएको दुई बुँदे सहमती र त्यसभन्दा पनि अगाडि बढेर चितवन मेडिकल कलेजले अन्य शैक्षिक कार्यक्रमहरुमा समेत शुल्क समायोजन गर्ने प्रतिवद्धता मात्रै नभई कार्यान्वयन गर्ने चरणमा आएको विज्ञप्तीमा उल्लेख छ ।

मेडिकल कलेजले विद्यार्थीबाट गैरकानुनी रुपमा लिएको बढी शुल्क फिर्ता गर्नुपर्ने माग गर्दै देशैभरका मेडिकल शिक्षा अध्ययनरत विद्यार्थीहरुविगत ३ महिना भन्दा लामो समयदेखि आन्दोलनमा रहेका छन । पछिल्लो समय सरकार र मेडिकल कलेजविच भएको सहमतिप्रति पनि असहमति जनाउदै विद्यार्थीले आन्दोलनलाई जारी राखेका छन । उनिहरुले वोर्ड परिक्षा नै बहिस्कार गरेर आन्दोलनलाई निरन्तरता दिइरहेका छन । 
 

प्रतिक्रिया दिनुहोस