भ्रमण वर्षको निम्तो गर्दै भरतपुर महानगर प्रमुख र उपप्रमुख बेल्जियममा

सफल खबर संवाददाता

विहीबार, २६ मंसिर २०७६, १७ : ३५
भ्रमण वर्षको निम्तो गर्दै भरतपुर महानगर प्रमुख र उपप्रमुख बेल्जियममा

चितवन । नजिकिँदै गरेको भ्रमण वर्ष सन् २०२० को निम्तो र त्यहाँको विकास निर्माणलाई अध्ययन गर्न भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाह यतिबेला बेल्जियममा व्यस्त हुनुहुन्छ । उहाँहरुले बेल्जियमको फलासिस प्रधानमन्त्री एनएम मोन्ड र युरोपियन संसदअन्तर्गतको ईसिआर समूहका उपाध्यक्ष एसिटा कानकोसँग दुई पक्षिय भेटबार्ता गर्नु भएको छ ।

भ्रमणको व्यवस्थापन गर्नुभएका भरतपुर महानगरपालिका स्थायी घर भई हाल बेल्जियमको सबैभन्दा ठूलो राजनैतिक दल एन भि एको ग्रोबेन्दोङ् नगरका संगठन प्रमुख एबं बातावरण सल्लाहाकार कृष्ण रेग्मीका अनुसार भेटका क्रममा नगर प्रमुख र उपप्रमुखले प्रधानमन्त्री मोन्ड र कान्कोलाई भ्रमण बर्ष सन् २०२० मा भ्रमणको निम्तो दिनु भएको थियो ।

प्रमुख दाहाल र उपप्रमुख शाहले एक सिंगे गैंडाको मायाँको चिनो उपहार दिदैं उहाँहरुलाई नेपाल सुन्दर देश भएको भन्दै एक सिंगे गैंडा अवलोकनका लागि निम्तो दिनु भएको थियो । सो क्रममा उहाँहरुले नेपालमा लामो समय पछि स्थानीय तहमा निर्वाचन भएको र बिकसीत मुलुकहरुले गरेका बिकासलाई आँफुहरुले पच्छ्याउने गरि काम सुरु गरेको बताउनु भएको थियो ।

 

रेग्मीका अनुसार प्रमुख र उपप्रमुखलाई मोन्ड र कान्कोले यहाँको प्रबिधि अनुसरण गरि बिकास गर्न आग्रह गर्दै आफ्नो तर्फबाट आबश्यक सहयोगको प्रतिवधता व्यक्त गर्नु भएको थियो । प्रमुख र  उपप्रमुखले आज बेल्जियमको सत्तारुढ दलको सबैभन्दा ठूलो पार्टी एनभिएका सभापति एबं त्यहाँको ठूलो नगरपालिका एन्ट्रोपेन सिटि प्रमुख बर्त द वेभरसंग भेटबार्ता गर्ने कार्यक्रम रहेको रेग्मीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस