बँदेलको आक्रमणबाट ३ जना घाइते

सफल खबर संवाददाता

विहीबार, २६ मंसिर २०७६, १२ : ३१
बँदेलको आक्रमणबाट ३ जना घाइते

सांकेतिक तस्बिर ।

चितवन । बँदेलको आक्रमणबाट चितवनमा ३ जना घाइते भएका छन् । भरतपुर महानगरपालिका १३ गंगानगरका ७६ वर्षीय केबि राई, ७१ वर्षीया कुमारी तामाङ र ३८ वर्षीय मोर्ते दर्जी घाइते भएका हुन् । 

तिनै जनाको भरतपुर अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आफ्नै बारीमा काम गरिरहेका उनीहरुलाई बिहान १० बजे एक्कासी बँदेलले आक्रमण गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस