लोक सेवा आयोगले माग्यो ७ सय ६८ शाखा अधिकृत

बुधबार, २५ मंसिर २०७६, ०८ : ५७
लोक सेवा आयोगले माग्यो ७ सय ६८ शाखा अधिकृत

काठमाडौँ । के तपाईँ लोकसेवाको तयारीमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने लोकसेवा आयोगले शाखा अधिकृतको माग गरेको छ । आयोगले बुधबार निकालेको विज्ञापनअनुसार खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी ७ सय ६८ जना अधिकृतको माग गरिएको हो । 
जसअनुसार न्याय सेवा अप्राविधिकको लागि १३६ जना माग गरिएको छ भने महिला ३७, आदिवासी जनजाती ३०, मधेसी ३०, दलित ११, अपांग ६ र पिछडिएको बर्ग ५ जना माग गरिएको छ ।  
यसैगरी प्रशासन, परराष्ट्र, लेखापरीक्षण र व्यवस्थापिका संसदतर्फका विभिन्न सेवा तथा समूहमा खुलातर्फ २८३ जना अधिकृत माग गरिएको छ । 
यस्तै महिला ७७, आदिबासी जनजाती  ६१, मधेसी ५१, दलित २०, अपाङ्ग ११ र पिछडिएको क्षेत्रबाट १० जना माग गरिएको छ । यस्तै आन्तरिक बढुवाको सूचना पनि निकालिएको छ । 
सूचना हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस