बाँके । ट्रकको ठक्करबाट एक स्कुले बालिकाको मृत्यु भएपछि बाँकेको कोहलपुर तनावग्रस्त बनेको छ । उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै बाँके जिल्ला प्रशासनले कोहलपुर क्षेत्रमा कर्फ्यु लगाउने तयारी गरेको छ ।
प्रदर्शनकारीको ढुंगामुढाबाट कोहलपुरका प्रहरी प्रमुख डीएसपी हेमराज शाहीसहित ९ जना प्रहरी घाइते भएका छन् । शाही लगायतको अहिले कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले केही राउण्ड हवाई फायर पनि गरेको थियो ।
कोहलपुरबाट नेपालगन्ज जाँदै गरेको ट्रकले आइतबार बिहान स्थानीय हाइस्कुल चोकमा ट्रकको ठक्करबाट त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपु–१० की प्रकृति चन्दको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ मंसिर २०७६, १५ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते
दाङमा ट्याङ्कर र कार ठोक्किँदा ५ जना घाइते
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते
अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते