एजेन्सी । नयाँ दिल्ली स्थित एक घरको अन्न राखिएको गोदाममा आगलागी हुँदा ४३ जनाको मृत्यु भएको छ । रानी झाँसी रोडको साँगुरो गल्ली भित्र रहेको घरको गोदाममा आईतबार बिहान आगलागी भएको हो । आगलागीमा परि १५ जना गम्भीर घाईते भएका छन् ।
स्थानि प्रहरीलाई उद्यृत गर्दै समाचार एजेन्सीले उक्त आगलागीमा परि ४३ जनाको मृत्यु भईसकेको र धेरै घाईते भएको जनाएको छ । घाइतेहरुलाई दिल्लीकै लोक नायक अस्पतालमा भर्ना गरिएको छ । आगलागी भएको भवन साँगुरो गल्ली भित्र रहेकाले उद्धार कार्यमा जटिलता थपिएको प्रहरीको भनाई छ ।
आगो जलेको भवनमा ठूलो मात्रामा कागज र कार्डबोर्ड राखिएको अधिकांशको धुँवाका कारण निस्सासिएर मृत्यु भएको हो । ५० जना भन्दा बढीको सकुशल उद्धार गरिएको छ । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २२ मंसिर २०७६, १० : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि