एजेन्सी । नयाँ दिल्ली स्थित एक घरको अन्न राखिएको गोदाममा आगलागी हुँदा ४३ जनाको मृत्यु भएको छ । रानी झाँसी रोडको साँगुरो गल्ली भित्र रहेको घरको गोदाममा आईतबार बिहान आगलागी भएको हो । आगलागीमा परि १५ जना गम्भीर घाईते भएका छन् ।
स्थानि प्रहरीलाई उद्यृत गर्दै समाचार एजेन्सीले उक्त आगलागीमा परि ४३ जनाको मृत्यु भईसकेको र धेरै घाईते भएको जनाएको छ । घाइतेहरुलाई दिल्लीकै लोक नायक अस्पतालमा भर्ना गरिएको छ । आगलागी भएको भवन साँगुरो गल्ली भित्र रहेकाले उद्धार कार्यमा जटिलता थपिएको प्रहरीको भनाई छ ।
आगो जलेको भवनमा ठूलो मात्रामा कागज र कार्डबोर्ड राखिएको अधिकांशको धुँवाका कारण निस्सासिएर मृत्यु भएको हो । ५० जना भन्दा बढीको सकुशल उद्धार गरिएको छ । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २२ मंसिर २०७६, १० : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीबाट दुई जनाको मृत्यु, नौ घाइते
हुम्लाकाे सर्केगाडमा आगलागी, दुई जना घाइते, तीन घरमा क्षति
मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते
देशभर २२ स्थानमा आगलागीका घटना
बाजुराको मार्तडीमा आगलागी, करोडौँको क्षति
उत्तर प्रदेशमा ट्रकसँग बस ठोकिएर आगलागी हुँदा ३ जनाको मृत्यु, २४ घाइते, अधिकांश यात्रु नेपाली