काठमाडौँ । समाजवादी पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले वैकल्पिक राजनीतिको भविष्य छैन भन्नेलाई ट्वीटबाट जवाफ दिएका छन् ।
ट्वीटमा नेता भट्टराईले भनेका छन्, ‘उपनिर्वाचनको परिणामपछि अब देशमा अनन्तकालसम्म एमाले नेकपा (सारमा एमाले नै हो) र कांग्रेसकै राजगज चल्छ, वैकल्पिक राजनीतिको भविष्य छैन भन्ने बुज्रुकहरूको स्वर ह्वात्तै बढेको देख्दा उदेक लाग्यो ।’
उनले ट्वीटमा प्रश्न गरेका छन्, ‘०३६सालमा पञ्चायतले जित्दा १० बर्षपछि बहुदल आउँछ वा ०५२ सालमा जनयुद्ध सुरू हुँदा ०६४ मा तत्कालीन माओवादीले जित्छ भन्ने लागेको थियो ?
नेता भट्टराई लेख्छन्, ‘त्यसैले त भनिन्छ समाजमा अधिकांश मान्छे सत्ताका पुजारी हुन्छन्, थोरै मात्र सत्यका अनुयायी हुन्छन् सत्यका पक्षधरहरूले संघर्षको अगुवाइ गरेर शक्ति आर्जन गरेपछि मात्र धेरैले पछ्याउँछन् ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ मंसिर २०७६, ०९ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाबुराम भट्टराईले बोलाए केन्द्रीय समिति बैठक
अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई सिफारिस गर्ने जेनजीको निर्णय सकारात्मक : डा भट्टराई
हरेक पर्व, संस्कार र परम्परा नेपाली समाजको मौलिकता हुन् : देउवा
कारागार पुगेर बाबुराम भट्टराईले भेटे रवि लामिछाने
ओली र प्रचण्डले आलोचकलाई स्टालिनले झैं राजनीतिक सफाया गर्न थाले : बाबुराम भट्टराई
पूर्वराष्ट्रपति विद्या भण्डारी एमालेमा सक्रिय हुनु जबज विरोधी हुन्छ : बाबुराम भट्टराई