काठमाडौँ । समाजवादी पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले वैकल्पिक राजनीतिको भविष्य छैन भन्नेलाई ट्वीटबाट जवाफ दिएका छन् ।
ट्वीटमा नेता भट्टराईले भनेका छन्, ‘उपनिर्वाचनको परिणामपछि अब देशमा अनन्तकालसम्म एमाले नेकपा (सारमा एमाले नै हो) र कांग्रेसकै राजगज चल्छ, वैकल्पिक राजनीतिको भविष्य छैन भन्ने बुज्रुकहरूको स्वर ह्वात्तै बढेको देख्दा उदेक लाग्यो ।’
उनले ट्वीटमा प्रश्न गरेका छन्, ‘०३६सालमा पञ्चायतले जित्दा १० बर्षपछि बहुदल आउँछ वा ०५२ सालमा जनयुद्ध सुरू हुँदा ०६४ मा तत्कालीन माओवादीले जित्छ भन्ने लागेको थियो ?
नेता भट्टराई लेख्छन्, ‘त्यसैले त भनिन्छ समाजमा अधिकांश मान्छे सत्ताका पुजारी हुन्छन्, थोरै मात्र सत्यका अनुयायी हुन्छन् सत्यका पक्षधरहरूले संघर्षको अगुवाइ गरेर शक्ति आर्जन गरेपछि मात्र धेरैले पछ्याउँछन् ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ मंसिर २०७६, ०९ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘बुढीगण्डकी आयोजना अघि बढाउने पहल सकारात्मक’ : डा. बाबुराम भट्टराई
रास्वपा सरकारले बुढीगण्डकी आयोजनालाई पुनः अघि बढाउने पहल गर्नु सकारात्मक : भट्टराई
भारत जाँदै बाबुराम भट्टराई
बालेन्द शाहलाई बाबुराम भट्टराईले दिए यस्तो शुभकामना...
जेन-जी आन्दोलन भड्काउन टिओबी समूहले नियोजित भूमिका खेलेको देखिन्छ : बाबुराम भट्टराई
अब राजनीति ‘पुस्तान्तरण’ उल्टाउन सकिँदैन: बाबुराम भट्टराई