भरतपुर महानगरले ३०० साइकल वितरण गर्ने, भरतपुरमा व्यवस्थित साइकल लेन बनाउन व्यवसायीको माग

सफल खबर संवाददाता

शुक्रबार, २० मंसिर २०७६, १८ : २६
भरतपुर महानगरले ३०० साइकल वितरण गर्ने, भरतपुरमा व्यवस्थित साइकल लेन बनाउन व्यवसायीको माग

चितवन । चितवनका व्यवसायीहरुले भरतपुरमा व्यवस्थित साइकल लेनको माग गरेका छन् । बढ्दो सवारी साधनका कारण वातावरणमा निकै ठूलो असर परेको भन्दै उनीहरुले भरतपुर महानगर प्रमुख रेनु दाहालसहितका जनप्रतिनिधिलाई ज्ञापन पत्र बुझाउँदै भरतपुरमा व्यवस्थित साइकल लेन निर्माण गर्नुपर्ने माग गरेका हुन् ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले बढ्दो प्रदुशण घटाउन साइकल यात्रालाई प्रोत्साहन गर्नुपर्ने बताउनु भयो । उहाँले अब बन्ने सडकहरुमा छुट्टै साईकल लेन समेत निर्माण गर्नु पर्ने माग गर्नु भयो । पर्यटन वर्ष २०२० लाई सफल बनाउन साइकल यात्रालाई पनि प्रर्वधन गर्न आवश्यक रहेको उहाँको भनाई थियो ।

कार्यक्रममा बोल्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले भरतपुर महानगरले साईकल लेन विस्तारका लागि बजेट नै विनियोजना गरी काम अगाडि बढाएको र महानगरले यही आर्थिक वर्षमा करिव ३०० जति साइकल खरिद गरी महिलाहरुका लागि वितरण गर्ने तयारी समेत गरेको बताउनु भयो ।

महानगरलाई प्रदुशणरहित बनाउन आफूहरु निकै लागि परेको र साइकल प्रवद्र्धनका लागि २ करोड बढी बजेट विनियोजन भएको बताउँदै साइकल यात्राले प्रदुषण कम गर्नका साथै स्वास्थ्यलाई समेत फाइदा पुग्ने धारणा राख्नु भयो । उहाँले अब डिजाइन हुने सबै सडकहरुमा साइकल लेनको समेत प्रवन्ध गरिने र त्यसै अनुरुपको बजेट विनियोजन गरिएको समेत बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस