प्याजको मूल्यवृद्धिको विरोधमा पूर्वमन्त्री निस्के सडकमा

एजेन्सी

विहीबार, १९ मंसिर २०७६, १४ : ३८
प्याजको मूल्यवृद्धिको विरोधमा पूर्वमन्त्री निस्के सडकमा

नयाँ दिल्ली l प्याजको अस्वाभाविक मूल्यवृद्धिको विरोधमा भारतका पूर्वमन्त्री पी चिदम्बरम बिहीबार सडकमा निस्केका छन् ।

प्याजको मूल्यवृद्धिको विरोधमा राजधानी नयाँ दिल्लीस्थित संसद भवन अगाडि निकालिएको विरोध जुलुसमा पूर्वमन्त्री पी चिदम्बरम प्लेकार्ड बोकेर सहभागी बनेका हुन् ।

भारतमा प्याजको अस्वाभाविक मूल्यवृद्धि भएपछि आयात प्रभावित हुँदा त्यसको असर नेपालमा पनि परेको छ । प्याजको अस्वाभाविक मूल्यवृद्धिको विषयलाई लिएर सामाजिक सञ्जालमा समेत भारत सरकारको चर्को विरोध भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस