प्रियंका कार्कीले सार्वजनिक गरिन् आफ्नो प्रेमीसँग गर्न मन पराउने ६ कुरा

सफल खबर संवाददाता

बुधबार, १८ मंसिर २०७६, १६ : ३७
प्रियंका कार्कीले सार्वजनिक गरिन् आफ्नो प्रेमीसँग गर्न मन पराउने ६ कुरा

काठमाडौं । नायिका प्रियंका कार्कीले प्रेमी आयुष्मान देशराज श्रेष्ठ जोशीसँग गर्न मन पराउने ६ कुराको बारेमा सार्वजनिक गरेकी छिन् ।

आफ्नो इन्स्टाग्राम अकाउन्टमा उनले प्रेमी आयुष्मान देशराज श्रेष्ठ जोशीसँगको तस्बिर पोष्ट गर्दै यसबारे लेखेकी छिन् ।

उनले लेखेकी छिन्, ‘मलाई यी कुरा गर्न सबैभन्दा धेरै मनपर्छ । १. तिम्रो हात समात्नु । २. तिम्रो जोक्समा हाँस्नु । ३. तिमी सँगसँगै हिँड्नु । ४. सोफामा आरामले सँगै सुत्नु । ५. तिम्रो आँखामा हेर्नु । ६. र तिम्रो ओठमा दैनिक चुम्बन गर्नु ।’

उनको यो पोष्टमा आयुष्मानले कमेन्ट बक्समा  ‘वाह १ आइ लभ यु’ लेखेर प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस