भलिबलमा नेपाल भारतसँग पराजित

सफल खबर संवाददाता

मंगलबार, १७ मंसिर २०७६, १८ : ३८
भलिबलमा नेपाल भारतसँग पराजित

काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकूद (साग) अन्र्तगत महिला भलिबलको मंगलबार भएको फाइनलमा नेपाल भारतसँग पराजित भएको छ ।

खेलमा भारतले नेपाललाई ३-२ को सेटमा हराएको हो । त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलको पहिलो सेट भारत २५-१७ ले जितेको थियो । तर नेपालले उत्कृष्ट पुनरागमन गर्दै दोस्रो सेट २५-२४ र तेस्रो सेट २५-२१ ले जित निकाल्न सफल भयो । प्रतिस्पर्धात्मक चौथो सेट भने भारतको पक्षमा रहृयो । उसले २५-२०ले जित्यो र अन्तिम सेटबाट स्वर्णको छिनोफोनो भयो ।

प्रतिक्रिया दिनुहोस