सागको पदक तालिकामा नेपाल शीर्ष स्थानमा, भारत पछिपछि

सफल खबर संवाददाता

सोमबार, १६ मंसिर २०७६, १४ : ०१
सागको पदक तालिकामा नेपाल शीर्ष स्थानमा, भारत पछिपछि

काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपाले ५ वटा पदक जितेको छ । आइतबार  सागको औपचारिक उद्घाटन भएको थियो । 
सोमबार दिउँसोसम्म नेपालले ३ स्वर्णसहित ५ पदक जितेको हो । जसमा एक रजन र एक कास्य पदक पनि समावेश छ । 
यस्तै भारत एक स्वर्णसहित ४ पदक जित्दै दोस्रो स्थानमा रहेको छ । भारतले २ रजत र १ कास्य पनि जितेको छ । 
यस्तै पाकिस्तानले एक स्वर्णसहित ३ पदक जितेर तेस्रो स्थान हासिल गर्दा बंगलादेशले ३–३ वटा कास्य पदक जितेका छन् । अहिलेसम्म भुटान र माल्दिभ्सले भने खाता खोल्न सकेनका छैनन् ।

प्रतिक्रिया दिनुहोस