पाकिस्तानलाई हराउँदै नेपालले पायो स्वर्ण पदक

सफल खबर संवाददाता

सोमबार, १६ मंसिर २०७६, १३ : ०३
पाकिस्तानलाई हराउँदै नेपालले पायो स्वर्ण पदक

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को महिला टिम कातामा पाकिस्तानलाई हराउँदै नेपालले स्वर्ण पदक जितेको छ ।

काता खेलाडी निर्मला तामाङ, संगीता मगर शरु कार्की रहेको समूहले स्वर्ण जितेको छ। महिला टिम कातामा  पाकिस्तान दोस्रो बनेको छ ।

नेपालले २४ दशलमव ८८ अंक प्राप्त गर्यो भने पाकिस्तानले २३ दशमलव ३ अंक हात पारेको हो ।

पहिलो पदक पनि कातामै

नेपालकी चञ्चला दनुवारले १३ औ दक्षिण एसियाली खेलकुदको महिला एकल कातामा रजत पदक जितेकी छिन् । सोमबार सातदोबाटोस्थित कराते प्रशिक्षण केन्द्रमा भएको खेलमा चञ्चला फाइनलमा पाकिस्तानकी सइदासँग ४२–२५ ले पराजित भइन् ।

नेपालकी चञ्चला दनुवारले १३ औ दक्षिण एसियाली खेलकुदको महिला एकल कातामा रजत पदक जितेकी छिन् । सोमबार सातदोबाटोस्थित कराते प्रशिक्षण केन्द्रमा भएको खेलमा चञ्चला फाइनलमा पाकिस्तानकी सइदासँग ४२–२५ ले पराजित भइन् । सो स्पर्धामा बंगलादेशकी अख्तर र श्रीलङ्काकी हेटशी आराची लागेले काश्य पदक जितिन् ।

प्रतिक्रिया दिनुहोस