डोटी । सुदूरपश्चिम प्रदेशको अछाममा छाउगोठमा गए राति एक युवतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अछामले दिएको जानकारीअनुसार साँफेबगर नगरपालिका–३ सिद्धेश्वरकी २१ वर्षीया पार्वती रावतको मृत्यु भएको हो ।
घटनाबारे अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय साँफेबगरबाट प्रहरी टोली त्यसतर्फ खटिएको अछाम प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ । अछाममा अहिलेसम्म छाउगोमै १४ महिलाको मृत्यु भइसकेको छ । (रासस)


प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु