काठमाडौँ । बागलुङ प्रदेशसभा २ (ख) मा राष्ट्रिय जनमोर्चाका उम्मेदवार विजयी भएका छन् । नेकपाको समर्थनमा उम्मेदवार बनेका जनमोर्चाका खिमबिक्रम शाहीले ११ हजार २३५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका जीतबहादुर शेरचनले ९ हजार १३८ मत प्राप्त गरे ।
यसैगरी समाजवादी पार्टीका अशोककुमार विकले ३ सय १६, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका निमबहादुर भण्डारीले ३६, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशबहादुर कुँवरले ३७, राष्ट्रिय जनमुक्ति पार्टीका यामबहादुर आलेले ३३, संघीय लोकतान्त्रिक राष्ट्रियमञ्चका अनिलकुमार राइले ८, मङ्गोल नेशनल अर्गनाइजेशनका मित्रबहादुर मगरल ४५, स्वतन्त्र उम्मेद्वार शेरमान घर्तीले ९५ र सन्तोष भण्डारीले २८ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
सरकारले बजेटमार्फत पुँजी पलायनलाई वैधानिकता दियो: जनमोर्चा
सरकारले बजेटमार्फत पुँजी पलायनलाई वैधानिकता दियो : जनमोर्चा
नीति तथा कार्यक्रममा स्पष्ट नभएको जनमोर्चाको टिप्पणी
शिक्षा ऐन निर्माण नगर्नु सरकारको गैरजिम्मेवारपन हो : जनमोर्चा
जनमोर्चाले छोट्यायो आन्दोलनको कार्यक्रम, कारण यस्तो
जनमोर्चाले सङ्घीयताविरुद्ध आन्दोलन गर्ने