चितवन । चितवनको ३ वटै वडामा नेपाली कांग्रेसका उमेदवार विजयी भएका छन । भरतपुर महानगरपालिका १६ मा कांग्रेसले नतिजा उल्टयाएको छ । कांग्रेसका उमेदवार अमृत हमाल ३१८३ मत ल्याउदै विजयी भएका छन । निकटतम प्रतिद्धन्दी नेकपाका उमेद्वार भक्तराज हमाललाई ३०८ मतान्तरले पराजित गर्दै अमृत विजयी भएका हुन । भक्तराजले २८७५ मत ल्याएका थिए । यसअघि तत्कालीन नेकपा एमालेका उमेदवार निर्वाचित भएका थिए । गुरुङ्गको क्यान्सरबाट निधन भएपछि उपनिर्वाचन भएको हो ।
यस्तै समाजवादी पार्टीका अम्बरबहादुर थापाले २५, राष्ट्रिय नागरीक पार्टीका उमेदवार धनप्रसाद घले ३९ र राप्रपा संयुक्तका विष्णुप्रसाद त्रिपाठीले ६ मत पाए । १२१ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै खैरहनी नगरपालिका ४ र ५ दुवै वडामा नेपाली काँग्रेस विजयी भएको छ ।
वडा न ४ मा नेकपाका उम्मेद्वार वेद बहादुर अधिकारीलाई १५२ मतान्तरले पराजित गर्दै काँग्रेसका उम्मेद्वार देव बहादुर बस्नेत विजयी भएका हुन । खैरहनी ५ मा पनि कांग्रेसका उम्मेदवार प्रतिमा कार्कि विजयी भएकी छिन । कार्कीले नेकपाका उमेदवार पुननारायण प्रधानलाई ८६ मतअन्तरले पराजित गरेकी हुन् । यी दुवै वडामा यसअघि कांग्रेसका उमेदवार निर्वाचित भएका थिए । खैरहनी ४ र ५ का वडा अध्यक्षको सवारी दुर्घट्नामा परी मृत्यु भएपछि उपनिर्वाचन भएको हो ।
प्रतिक्रिया दिनुहोस
उर्गेन तामाङ
आइतबार, १५ मंसिर २०७६, ०६ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस शीर्ष नेताको बैठक स्थगित
कांग्रेस पदाधिकारी बैठक बस्दै : राज्य व्यवस्था समिति सभापति र उपसभामुखबारे छलफल
'अरू पार्टीमाथि प्रहार गर्नुभन्दा आफ्नो पार्टी सम्हाल्न उचित हुन्छ'
लिपुलेकबारे भारत र चीनले गरेको सम्झौता अस्वीकार्य : कांग्रेस
काँग्रेस-एमालेको स्पष्टीकरणः उपसभामुखमाथि महाअभियोग प्रश्ताव दर्ता गर्न हस्ताक्षर गरिएको होइन
नेपाली कांग्रेसले बोलायो संसदीय दलको आकस्मिक बैठक