काठमाडौं । एपेण्डिसाइटिसको शल्यक्रिया र हेमाडाइलाइसिसपछि प्रधानमन्त्री केपी शर्मा ओली तन्दुरुस्तीको लय समात्ने प्रयासमा जुटेका छन् ।
बिहीबार बिहानदेखि हिँड्न सक्ने अवस्थामा पुगेका प्रधानमन्त्री ओली बिहानै उभिएर बाहिरतिर टहलिन खोजेपछि चिकित्सक हैरानीमा परे । उनीहरुले प्रधानमन्त्रीलाई आराम गर्न र हिँडडुल नगर्न सम्झाउनु परेको उपचारमा संलग्न टिमका एक सदस्यले बताए ।
बुधबारै अक्सिजन मास्क कहिले निकाल्ने हो भन्दै चिकित्सकलाई सोधेका प्रधानमन्त्री ओलीले आफू पूर्ववत् अवस्थामा फर्किसकेको जनाऊ दिन कुनै कसर बाँकी राखेका छैनन् । उनी चाँडोभन्दा चाँडो नियमित काममा फर्किन चिकित्सक र सहयोगीहरुसँग तन्दुरुस्तीको प्रमाण पेश गर्न आफ्नो लयमा आउने प्रयासमा छन् ।
बुधवार कालो चिया पिएका प्रधानमन्त्रीले बिहीबार बिहानै दाल पिएको अस्पताल स्रोतले जनाएको छ । प्रधानमन्त्री आफ्नो पूर्वववत स्वभाव अनुसार हाँसो ठट्टा गर्ने अवस्थामा फर्किसकेको उनलाई भेट्नेहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ मंसिर २०७६, १५ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विकास आयोजनाहरूलाई द्रुत गतिमा अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री ओलीद्वारा ‘नेसनल हाइ पर्फमेन्स सेन्टर’को उद्घाटन
प्रधानमन्त्री ओलीले गरे रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन
रसुवाको बाढीग्रस्त क्षेत्र अवलोकनमा जाँदै प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओलीसँग भेट गर्न पूर्णबहादुर र गृहमन्त्रीलाई लिएर बालुवाटार पुगे देउवा
देशभर उच्च सतर्कता अपनाउन प्रधानमन्त्री ओलीको आग्रह