आईएमई पे को बीटुबी सेवा शुरु

बुधबार, २४ माघ २०७४, १८ : ०७
आईएमई पे को बीटुबी सेवा शुरु

काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा निर्मित तथा सञ्चालित मोबाइल वित्तिय सेवामा आधारित आईएमई पेले आफ्नो बी टु बी सेवा सुरुवात भएको घोषणा गरेको छ ।  आइएमईले देशव्यापी रुपमा सम्भावित व्यावसायीहरुलाई आइएमई पेका टच पोइन्टहरुको सञ्जालमा जोडिनका लागि आइएमई पे गरौं, व्यावसाय बढाऔं भन्ने नारासहित आफ्नो बी टु बी सेवालाई सञ्चालन गर्ने घोषणा गरेको हो ।

सो कम्पनीका अनुसार बी टु बी सेवाको सुरुवातसँगै, आईएमई पे टच पोइन्टको सञ्जालले थोरै मात्रामा रकम ट्रान्सफर गर्ने कार्यदेखि लिएर बिजुली, इन्टरनेट, डिटिएच इत्यादिको बिल भुक्तानी गर्ने अनिसमय र पैसाको वचत गर्दै सेवाग्राहीहरूको दैनिक जीवनलाई सहज तुल्याउन मदत गर्ने तथा रिचार्ज गर्ने लगायतका सुविधाहरू समेत थुप्रै भुक्तानी सम्बन्धी सेवाहरू उपलब्ध गराउन सक्नेछन् । आईएमई पे का टच पोइन्टले वालेट दर्ता गर्ने, क्यास इनर क्यास आउट जस्ता मोबाइल मनी सम्बन्धी सेवाहरू पनि आफ्ना सेवाग्राहीहरूलाई उपलब्ध गराउन सक्नेछन् ।

आईएमई पे को देशभरि नै १३५०० भन्दा बढी टच पोइन्ट सहितको मजबुत सञ्जाल रहेको छ र त्यसमा ७००० भन्दा बढी रेमिटेन्स एजेन्टहरू रहेका छन् । आफ्ना सेवाग्राहीहरूसित अझ नजिक पुग्नका लागि आईएमई पे ले आफ्नो विद्यमान रेमिटेन्स एजेन्टहरूको सञ्जालको दायरा भन्दा बाहिर गैर वित्तीय क्षेत्रको सञ्जालमा समेत आफ्नोक्षेत्रलाई विस्तार गर्ने योजना बनाएको छ । अतस् त्यसका लागि मझौला र साना खालका किराना पसलहरूदेखि लिएर पुस्तैनी व्यवसायहरू, क्याफेहरू, मेडिकल स्टोरहरूका साथै यस्ता खुद्रा टच पोइन्टहरू सञ्चालन गर्न सक्ने देशभरिका सम्भावित वितरकहरू समेत यस सञ्जालमा जोडिन सक्दछन् र आफ्नो व्यवसाय विस्तारमा एउटा आयाम थप्न सक्दछन् ।

प्रतिक्रिया दिनुहोस