काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफनो स्वास्थ्यमा तिब्र सुधार भईरहेको बताएका छन् । सामाजिक सन्जाल ट्विटरमा ओलीले आफनो स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिँदै स्वास्थ्य अवस्थाको चासो राख्ने र सुभेच्छा प्रकट गर्नेहरुलाई धन्यवाद समेत ब्यक्त गरेका छन् ।
ओली मंगलबार अकस्मात एपेन्डिसाइटिसको शल्यक्रियाका लागि त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेका थिए । मंगलबार नै उनको शल्यक्रिया गरिएको थियो भने हिजो (बुधबार) बाट भने स्वास्थ्यमा सुधार आएको थियो । उनले हिजै बिहान कालो चिया र बेलुकी सुप खाएका थिए ।
बिहिबार बिहान उनलाई जाउलो खुवाइएको छ । प्रधानमन्त्री ओली सामान्य हिड्डुल समेत गर्न थालेको चिकित्सकहरुको भनाई छ । अस्पतालाले पनि बिहिबार बिहान १० वजे वक्तब्य जारी गर्दै नियमति निगरानीमा प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनिय सुधार भईरहेको जनाएको छ ।
सर्वसाधारणले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बारे चासो राख्न थालेपछि प्रधानमन्त्रीले आफनो स्वास्य अवस्थाका वारेमा सर्वसाधारणलाई सामाजिक सन्जल ट्वीटर मार्फत जानकारी गराएका हुन् । ट्वीटरमा उनले लेखेका छन्, –‘बितेका दुई दिनयता म एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेको छु । यतिबेला मेरो स्वास्थ्य तीब्र गतिमा सुधार भइरहेको छ । स्वास्थ्यस्थिति बारे चासो राख्नुहुने, शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ मंसिर २०७६, ११ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति