काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफनो स्वास्थ्यमा तिब्र सुधार भईरहेको बताएका छन् । सामाजिक सन्जाल ट्विटरमा ओलीले आफनो स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिँदै स्वास्थ्य अवस्थाको चासो राख्ने र सुभेच्छा प्रकट गर्नेहरुलाई धन्यवाद समेत ब्यक्त गरेका छन् ।
ओली मंगलबार अकस्मात एपेन्डिसाइटिसको शल्यक्रियाका लागि त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेका थिए । मंगलबार नै उनको शल्यक्रिया गरिएको थियो भने हिजो (बुधबार) बाट भने स्वास्थ्यमा सुधार आएको थियो । उनले हिजै बिहान कालो चिया र बेलुकी सुप खाएका थिए ।
बिहिबार बिहान उनलाई जाउलो खुवाइएको छ । प्रधानमन्त्री ओली सामान्य हिड्डुल समेत गर्न थालेको चिकित्सकहरुको भनाई छ । अस्पतालाले पनि बिहिबार बिहान १० वजे वक्तब्य जारी गर्दै नियमति निगरानीमा प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनिय सुधार भईरहेको जनाएको छ ।
सर्वसाधारणले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बारे चासो राख्न थालेपछि प्रधानमन्त्रीले आफनो स्वास्य अवस्थाका वारेमा सर्वसाधारणलाई सामाजिक सन्जल ट्वीटर मार्फत जानकारी गराएका हुन् । ट्वीटरमा उनले लेखेका छन्, –‘बितेका दुई दिनयता म एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेको छु । यतिबेला मेरो स्वास्थ्य तीब्र गतिमा सुधार भइरहेको छ । स्वास्थ्यस्थिति बारे चासो राख्नुहुने, शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ मंसिर २०७६, ११ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको प्रेस संयोजकमा रामबहादुर रावल नियुक्त
प्रधानमन्त्रीको नाममा चन्दा उठाउनेलाई कारबाहीको दायरामा ल्याइने
संविधान अनुसार ३५ वर्ष उमेर सिमा तर जेनजीलाई राष्ट्रिय सभामा लैजान प्रधानमन्त्रीको हारगुहार
प्रधानमन्त्री र राष्ट्रिय सभा अध्यक्षबीच रिक्त हुने सदस्यको चुनावबारे छलफल
नेपालमा भएको परिवर्तनबारे सम्बन्धित देशमा जानकारी गराउन राजदूतहरूलाई प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री कार्कीले दशैँको टीका नलगाउने