काठमाडौं । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्था सुधार उन्मुख देखिएपनि एक हप्ता अस्पतालमै बस्नुपर्ने भएको छ । मंगलवार बिहान पेट दुखेसंगै अकस्मात अस्पताल भर्ना भएका उनको सोही दिन एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । चिकित्सकहरुका अनुसार एपेन्डिसाइटिस फुटेका कारण त्यसको संक्रमण पेटका अन्यत्र भागमा पनि देखा परेकाले मंगलवार प्रधानमन्त्रीको अवस्था चिन्ताजनक नै रहेको थियो ।
तर बुधबार प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनिय सुधार देखिएको बुधबार बेलुकी अस्पतालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । अस्पताल स्रोतका अनुसार ओलीले बुधबार बिहान कालो चिया पिएका थिए भने साँझ सुप खाएका थिए । ओलीको बुधबार नै साँझ मृगौलाको कार्यक्षमतामा ह्रास आएपछि पाँचौ पटक डायलासिस गरिएको थियो । मंगलवार साँझ पनि ओलीलाई सीआरआरपी (कन्टिन्यूअस रेनल रिप्लेसमेन्ट थेरापी) गरिएको थियो ।
उनले बुधबार पत्नी राधिका शाक्य र स्वकिय सचिव राजेश ब्रज्र्राचार्र्यसँग सामान्य कुराकानी गरेका थिए । त्यसवाहेक उनले अन्य कुनै पनि नेताहरुसँग प्रत्यक्ष भेट गरेका छैनन । उनलाई भेटनबाट समेत रोक लगाईएको छ । मृगौला प्रत्यारोपण गरेका बिरामीमा छिट्टै संक्रमणले समात्ने भएकाले पनि कोही कसैलाई पनि भेट नदिईएको अस्पतालले वताएको छ ।
ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरेका चिकित्सकहरुसँग पनि ओलीलाई नियमति भेटघाटमा रोक लगाईएको छ । उनलाई डा. अरुण सायमी, डा. दिब्या शाह लगायतका चिकित्सकले मात्र नियमित भेट गरिरहेका छन् । उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिईरहेका छन् ।
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भटटराई, प्रेस सल्लाहकार सूर्य थापा लगायतलाई पनि प्रधानमन्त्री ओलीसँग भेटन दिईएको छैन । उनीहरुले गर्ने बिफ्रिङ पनि चिकित्सकहरुले गर्ने विफ्रिङकै आधारमा भएको अस्पताल स्रोत वताउँछ । ओलीलाई सघन उपचार कक्षमा राखेर उपचार गरिएको छ । उनलाई भेटन पुगेका पार्टी शीर्ष नेता, मन्त्री, प्रमुख प्रतिपक्षी दलका नेता लगायतलाई प्रधानमन्त्री उपचारमा रहेका सघन कक्षको ढोकासम्म मात्र पुग्न दिईएको छ । त्यसपछि सँगै रहेको कोठमा डा. अरुण सायमी लगायतका चिकित्सकहरुले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा गर्ने बिफ्रिङ नै नेता र सचिवालयका सदस्यहरुका लागि भरपर्दाे सूचना स्रोत हुन् ।
त्यसभन्दा बाहेक प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा कोही कसैलाई थप जानकारी हुन सक्ने अवस्था अस्पतालका चिकित्सहरुले दिएका छैनन । ओलीलाई हाल ‘बोर्ड स्प्रेक्टम एन्टिबायोटिक (विभिन्न संक्रमणमा प्रभावकारी हुने औषधि) दिइराखिएको छ ।
मल्टिड्रग रेसिस्टेन्ट (बहुऔषधि प्रतिरोधी) अवस्था आइपरे यस्तो औषधि एक साताभन्दा बढी समय दिनुपर्ने हुन सक्ने उपचारमा संग्लन्न एक चिकित्सकले जनाए । प्रधानमन्त्रीलाई बुधबार तरल पदार्थ मात्र खान दिइएको थियो । चिकित्सकहरूका अनुसार शल्यक्रियापछि स्थिति सुधारोन्मुख देखिए पनि संक्रमणको जोखिम अझैं छ । ओलीलाई अस्पतालले अझै कम्तीमा एक साता अस्पतालमै डाक्टरहरुको प्रत्यक्ष निगरानीमा बस्नुपर्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ मंसिर २०७६, ०८ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री शाहलाई रूसी समकक्षी मिखाइलको बधाई
कोशीका सांसदहरूसँग प्रधानमन्त्रीको छलफल, क्षेत्रगत समस्या समाधानमा प्राथमिकता निर्धारण
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्रीको निजी सचिवमा सहसचिव परियार
प्रधानमन्त्री बालेनको शपथ समारोहमा किन गएनन् ओली ?
सुरु भयो नवनियुक्त प्रधानमन्त्री बालेनको शपथ