प्रधानमन्त्री ओली अझैं एक साता अपस्पतालमै बस्ने

पत्नी राधिका शाक्य र स्वकिय सचिव राजेश व्रजाचार्यसँग मात्र सामान्य कुराकानी, प्रमुख सल्लाहकार देखि सचिवालयकै सदस्यलाई पनि भेटघाटमा रोक

सफल खबर संवाददाता

विहीबार, १२ मंसिर २०७६, ०८ : ४९
प्रधानमन्त्री ओली अझैं एक साता अपस्पतालमै बस्ने

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्था सुधार उन्मुख देखिएपनि एक हप्ता अस्पतालमै बस्नुपर्ने भएको छ । मंगलवार बिहान पेट दुखेसंगै अकस्मात अस्पताल भर्ना भएका उनको सोही दिन एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । चिकित्सकहरुका अनुसार एपेन्डिसाइटिस फुटेका कारण त्यसको संक्रमण पेटका अन्यत्र भागमा पनि देखा परेकाले मंगलवार प्रधानमन्त्रीको अवस्था चिन्ताजनक नै रहेको थियो ।

तर बुधबार प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनिय सुधार देखिएको बुधबार बेलुकी अस्पतालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । अस्पताल स्रोतका अनुसार ओलीले बुधबार बिहान कालो चिया पिएका थिए भने साँझ सुप खाएका थिए । ओलीको बुधबार नै साँझ मृगौलाको कार्यक्षमतामा ह्रास आएपछि पाँचौ पटक डायलासिस गरिएको थियो । मंगलवार साँझ पनि ओलीलाई सीआरआरपी (कन्टिन्यूअस रेनल रिप्लेसमेन्ट थेरापी) गरिएको थियो । 

उनले बुधबार पत्नी राधिका शाक्य र स्वकिय सचिव राजेश ब्रज्र्राचार्र्यसँग सामान्य कुराकानी गरेका थिए । त्यसवाहेक उनले अन्य कुनै पनि नेताहरुसँग प्रत्यक्ष भेट गरेका छैनन । उनलाई भेटनबाट समेत रोक लगाईएको छ । मृगौला प्रत्यारोपण गरेका बिरामीमा छिट्टै संक्रमणले समात्ने भएकाले पनि कोही कसैलाई पनि भेट नदिईएको अस्पतालले वताएको छ ।

ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरेका चिकित्सकहरुसँग पनि ओलीलाई नियमति भेटघाटमा रोक लगाईएको छ । उनलाई डा. अरुण सायमी, डा. दिब्या शाह लगायतका चिकित्सकले मात्र नियमित भेट गरिरहेका छन् । उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिईरहेका छन् ।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भटटराई, प्रेस सल्लाहकार सूर्य थापा लगायतलाई पनि प्रधानमन्त्री ओलीसँग भेटन दिईएको छैन । उनीहरुले गर्ने बिफ्रिङ पनि चिकित्सकहरुले गर्ने विफ्रिङकै आधारमा भएको अस्पताल स्रोत वताउँछ । ओलीलाई सघन उपचार कक्षमा राखेर उपचार गरिएको छ । उनलाई भेटन पुगेका पार्टी शीर्ष नेता, मन्त्री, प्रमुख प्रतिपक्षी दलका नेता लगायतलाई प्रधानमन्त्री उपचारमा रहेका सघन कक्षको ढोकासम्म मात्र पुग्न दिईएको छ । त्यसपछि सँगै रहेको कोठमा डा. अरुण सायमी लगायतका चिकित्सकहरुले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा गर्ने बिफ्रिङ नै नेता र सचिवालयका सदस्यहरुका लागि भरपर्दाे सूचना स्रोत हुन् ।

त्यसभन्दा बाहेक प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा कोही कसैलाई थप जानकारी हुन सक्ने अवस्था अस्पतालका चिकित्सहरुले दिएका छैनन । ओलीलाई हाल ‘बोर्ड स्प्रेक्टम एन्टिबायोटिक (विभिन्न संक्रमणमा प्रभावकारी हुने औषधि) दिइराखिएको छ ।

मल्टिड्रग रेसिस्टेन्ट (बहुऔषधि प्रतिरोधी) अवस्था आइपरे यस्तो औषधि एक साताभन्दा बढी समय दिनुपर्ने हुन सक्ने उपचारमा संग्लन्न एक चिकित्सकले जनाए । प्रधानमन्त्रीलाई बुधबार तरल पदार्थ मात्र खान दिइएको थियो । चिकित्सकहरूका अनुसार शल्यक्रियापछि स्थिति सुधारोन्मुख देखिए पनि संक्रमणको जोखिम अझैं छ । ओलीलाई अस्पतालले अझै कम्तीमा एक साता अस्पतालमै डाक्टरहरुको प्रत्यक्ष निगरानीमा बस्नुपर्ने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस