यस कारण चुरोट पिउँदैनन् राजेश हमाल

सोमबार, ०९ मंसिर २०७६, १४ : ०३
यस कारण चुरोट पिउँदैनन् राजेश हमाल

काठमाडौं । हिन्दुहरुको सबैभन्दा ठुलो पर्व वडादशैंको दिन अभिनेता राजेश हमालको घरमा एउटा ठुलो घटना घट्यो । घटना धेरै बर्षअघिको हो । यो घटनाले हमाललाई असाध्यै दुःखी बनायो । जुन घटना उनी कहिल्यै बिर्सन सक्दैनन् ।

उक्त दिन अभिनेता हमालले आफुलाई जन्मदिने आमा रेणु केसी हमाललाई गुमाउनुपरेको थियो । श्रीमानको निधनपछि रेणु असाध्यै पिडामा थिइन् । सोहि कारण अत्याधिक चुरोट सेवन गर्न थालिन् । लगत्तै उनी डिप्रेशनमा समेत परिन् । हमाल थप्छन्, ‘आमाको निधन जे कारण भएको हो, त्यसले मलाई यस्तो किसिमको लतमा त्यसपछि कहिल्यै सोच्न समेत दिएन।’

आमाको निधनपछि हमाललाई अम्मलप्रति बितृष्णा जगायो । सोहि कारण हमाल अम्मल गर्दैनन् । चुरोट पिउँदैनन् । कतिसम्म भने उनले ड्रिङ्क्स समेत गर्दैनन् । कहिलेकाहिँ वाइन हातमा बोकेका तस्विर देखिएपनि पुरा पिउँदैनन् । आफु नजिकका साथिभाई र सुभेच्छुकलाई समेत उनले चुरोट र रक्सी सेवन नगर्न सुझाव दिने गर्छन् ।

त्यसो त हमालले युवा अवस्थामा ड्रिक्स, चुरोट पिउने गरेको उनी नजिककाहरु बताउँछन् । तर, विस्तारै उनले सबै कुरा छोडेर कफीको लत मात्रै अंगालेका हुन् । राजेश हमालले कहिलेकाहिँ दिनमा १० कप सम्म कफी पिउँछन् । – कान्तिपुर साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस