सामसुङको जेटु फोरजी एडिसन नेपाली बजारमा सार्वजनिक

बुधबार, २४ माघ २०७४, १५ : २६
सामसुङको जेटु फोरजी एडिसन नेपाली बजारमा सार्वजनिक

काठमाडौं । सामसुङ नेपालले नयाँ सामसुङ ग्यालेक्सी जे सिरिज अन्तर्गत जेटु फोरजी मोबाइल नेपाली बजारमा ल्याएको छ । यसबाट सामसुङको  4G  स्मार्ट समुुहमा नयाँ मोबाइलको प्रवेश भएको छ ।
यो  फोनमा सुपर फास्ट इन्टरनेट चलाउन र डाउनलोड गर्न सकिनेछ । जसमा क्युएचडी सुपर एमोलिड स्क्रिन, 1.3  गिगाहर्ज क्वाड कोरले फोरजी फोनको क्षमतालाई प्रस्तुत गरेको छ ।

एचपीपी डिभिजनका प्रमुख प्रणय रत्न स्थापित ले ग्राहकहरुलाई नयाँ नयाँ प्रविधि युक्त विभिन्न मूल्यका मोबाइल सेटहरु प्रस्तुत गर्ने क्रममा सामसुङ ग्यालेक्सी जेटु को फोरजी संस्करण, स्मार्ट फोनका प्रारभ्भिक प्रयोगकर्ताहरुलाई लक्षित गरी प्रस्तुत गरेको बताए । जुन फोनमा मा 4.7  इन्चको क्युएचडी स्क्रिन रहेको छ ।

प्रतिक्रिया दिनुहोस